2026-06-18 09:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व इतिहासमा आजः प्यालेस्टाइनमा गृहयुद्धदेखि फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध सुरु भएको त्यो

2021-11-30

मंसिर १४, काठमाडौँ | आज ३० नोभेम्बर विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

 प्यालेस्टाइनमा गृहयुद्ध

सन् १९४७ मा प्यालेस्टाइनमा गृहयुद्ध भएको थियो । संयुक्त राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राज्यमा विभाजन गर्ने संकल्प प्रस्ताव पारितसँगै गृहयुद्ध भएको थियो । नोभेम्बर ३० मा सुरु भएको युद्धमा धेरै हिंसा भएका थिए । दुई ओटा गाडीभित्र रहेका इजरायली यात्रुहरुलाई अरबी बन्दूकधारीले तेल अभिभमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । १४ मेमा इजरायलले आफूलाई स्वतन्त्रत राष्ट्र घोषणा ग¥यो । युद्धमा इजिप्ट, जोर्डन, सिरिया आबद्ध भएपछि १५ मेमा सो युद्ध क्षेत्रीय युद्धमा परिणत भएको थियो ।

शीतयुद्ध सुरु

सन् १९३९ मा तत्कालिन सोभियत युनियनले फिनल्यान्डमा अतिक्रमण गरेर हेलसिन्कीमा हमला गरेपछि फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध भएको थियो । मस्को शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सन् १९४० को ३० मार्चमा युद्ध अन्त्य भएको थियो । आक्रमणका कारण सोभियत युनियन लिग अफ नेसनबाट निस्काशित भएको थियो ।

 पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता

सन् १८७२ मा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । स्कटल्यान्डको प्याट्रिकस्थित क्रिकेट क्लबमा बेलायत र स्कटल्यान्डबीच खेल भएको थियो । खेल बराबरीमा समाप्त भएको थियो । 

माइकल ज्याक्सनको रेकड

सन् १९८२ मा माइकल ज्याक्सनको गीतहरुको एलबम थ्रीलर विश्वव्यापी सार्वजनिक भएको थियो । सर्वाधिक बिक्री भएको भनिएको सो एलबमको नौ ओटा ट्र्याक छन् । एलबमले ८ ओटा ग्र्यामी अवार्ड जितेको छ । सन् १९८४ मा वर्षको सर्वाधिक लोकप्रिय एलबम बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु