७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले स्थायी कमिटीमा परेनन् भीम रावल !

२६ मंसिर २०७८, आईतवार १०:२९

मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ। आइतबार जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बसेको केन्द्रीय कमिटीकाे बैठकले साे कमिटीकाे गठन गरेकाे हाे।

स्थायी कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु ईश्वर पोखरेलदेखि हिक्मत कार्कीसम्मकाे नाम समेटिएकाे छ। तर महाधिवेशनमा अध्यक्ष पदमा उठेर केपी शर्मा ओलीसँग पराजित भएका तत्कालीन उपाध्यक्ष भीम रावल भने स्थायी कमिटीमा परेका छैनन्। यद्यपि, स्थायी कमिटी सदस्यमा उनकाे नाम पनि चर्चामा थियाे। बैठकमा नेकपा एमालेका सचिव याेगेश भट्टराईले भीम रावललाई स्थायी  कमिटी सदस्यमा समेटेर अगाडि कढ्न आग्रह गरेका थिए। तर ४५ सदस्यकाे नामावली सूचीमा रावलकाे नाम अटाइएकाे छैन।

स्थायी कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु प्रसाद रिमाल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी रहेका छन्।

त्यस्तै नेताहरु पद्मा अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, डा राजन भट्टराई, सीता पौडेल रहेका छन्।

त्यस्तै विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुङ्वाहाम्फे, हिक्मत कार्की स्थायी कमिटीमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति