७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो चरणमा देउवालाई सघाउने प्रकाशमान सिंहको घोषणा !

२८ मंसिर २०७८, मंगलवार ०६:२५

मंसिर २८, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवा ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा पुगेका छन्। काँग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा पाँच उम्मेदवारमध्ये कसैले ५० प्रतिशतभन्दा बढी मत पुर्‍याउन सकेनन्।

अब देउवा र शेखर कोइरालाबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुनेछ। सभापतिमा दाबी गरेका प्रकाशमान सिंहले ३७१ मत पाएका थिए। त्यसैले शेखर र देउवा सिंहलाई आफ्नो समूहमा ल्याउन कोसिस गरिरहेका छन्। रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सहभागी भएर देउवा सिधै चाक्सीबारी पुगेका हुन्।

भेटपछि सिंहले आफ्नो समर्थन देउवालाई रहेको बताए। सिंहले देउवाले कमी कमजोरी सुधारेर अघि जाने बताएको र देउवालाई देशभरका प्रतिनिधिले बहुमत दिएर स्वीकार गरेकाले आफ्नो समर्थन रहेको बताए। देउवाले कमी कमजोरी सुधार गर्न प्रतिवद्धता जनाएकाले आफूले समर्थन दिएको सिहंले बताए।

‘अहिले दोस्रो राउण्ड चुनाव हुँदा पार्टीलाई महाधिवेशन प्रतिनिधिको मत छ। त्यसलाई अघि बढाउने र पार्टीमा सुधार ल्याउन उहाँले कार्यशैली परिवर्तन गर्ने भएकाले समर्थन गर्ने भएका छौं,’ सिंहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति