२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आप्रवासी कामदार दिवस सप्ताहव्यापीरुपमा हुने !

१ पुष २०७८, बिहीबार ०६:४७

पुस १, काठमाडौँ | सचेत, सीपमूलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मूल आधार भन्ने नाराका साथ यसवर्ष पनि सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित मूल समारोह समितिले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस, २०२१ को तयारीबारे जानकारी दिएको छ ।

रोजगारीको खोजी, अध्ययन, व्यवसाय, घुमफिर, शरणार्थी जीवन, कामको क्षेत्रगत विविधता लगायतका कारणले विश्वमा आप्रवासन हुने गरेको भन्दै मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठन आई.ओ.एम. द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन २०२० अनुसार संसारभर २८ करोड १० लाख मानिसहरु आप्रवासी कामदारको रुपमा रहेको बताएको छ । 

ती आप्रवासी कामदारको हित र अधिकारको रक्षाको साथै वैदेशिक रोजगारमा रहँदा पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्युनतम् मानव अधिकारको प्राप्ति आदिमा विदेशी नागरिक भएको कारणबाट आप्रवासी कामदारहरु माथि हुनसक्ने विभेदलाई ध्यानमा राखी  डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका परिवारको सदस्यहरुको अधिकारका लागि यो दिवस मनाउने गरिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नं. ५५/९३ लाई पारित गर्दै संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित गरेकोे थियोे । संयुक्त राष्ट्र संघले पारित गरेको आप्रवासी कामदारको अधिकार  संरक्षण सम्बन्धी महासन्धि, १९९० सन् २००३ जुलाई १ देखि लागू भएको थियोे  । त्यस महासन्धिले ‘आप्रवासी कामदार’ भन्नाले आफू नागरिक नरहेको राष्ट्रमा पारिश्रमिक पाउने क्रियाकलापमा लागेको वा लगाइएको व्यक्तिलाई सम्झनु पर्दछ भनेर आप्रवासी कामदारको परिभाषा गरेको छ ।  नेपालमा पनि यो दिवस सम्बद्ध सरकारी, गैरसरकारी, निजी क्षेत्र लगायत सम्बद्ध पक्षहरुको संयुक्त पहलमा प्रत्येक बर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो