2026-09-04 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आप्रवासी कामदार दिवस सप्ताहव्यापीरुपमा हुने !

पुस १, काठमाडौँ | सचेत, सीपमूलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मूल आधार भन्ने नाराका साथ यसवर्ष पनि सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित मूल समारोह समितिले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस, २०२१ को तयारीबारे जानकारी दिएको छ ।

रोजगारीको खोजी, अध्ययन, व्यवसाय, घुमफिर, शरणार्थी जीवन, कामको क्षेत्रगत विविधता लगायतका कारणले विश्वमा आप्रवासन हुने गरेको भन्दै मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठन आई.ओ.एम. द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन २०२० अनुसार संसारभर २८ करोड १० लाख मानिसहरु आप्रवासी कामदारको रुपमा रहेको बताएको छ । 

ती आप्रवासी कामदारको हित र अधिकारको रक्षाको साथै वैदेशिक रोजगारमा रहँदा पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्युनतम् मानव अधिकारको प्राप्ति आदिमा विदेशी नागरिक भएको कारणबाट आप्रवासी कामदारहरु माथि हुनसक्ने विभेदलाई ध्यानमा राखी  डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका परिवारको सदस्यहरुको अधिकारका लागि यो दिवस मनाउने गरिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नं. ५५/९३ लाई पारित गर्दै संसारभर ठूलो संख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित गरेकोे थियोे । संयुक्त राष्ट्र संघले पारित गरेको आप्रवासी कामदारको अधिकार  संरक्षण सम्बन्धी महासन्धि, १९९० सन् २००३ जुलाई १ देखि लागू भएको थियोे  । त्यस महासन्धिले ‘आप्रवासी कामदार’ भन्नाले आफू नागरिक नरहेको राष्ट्रमा पारिश्रमिक पाउने क्रियाकलापमा लागेको वा लगाइएको व्यक्तिलाई सम्झनु पर्दछ भनेर आप्रवासी कामदारको परिभाषा गरेको छ ।  नेपालमा पनि यो दिवस सम्बद्ध सरकारी, गैरसरकारी, निजी क्षेत्र लगायत सम्बद्ध पक्षहरुको संयुक्त पहलमा प्रत्येक बर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ