भदौ ७, काठमाडौँ । स्थानीय वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुङ्गामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, काठमाडौँ । स्थानीय वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुङ्गामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ । 
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिशुको मृत्युपछि इशान अस्पताल तनावग्रस्त

७ भाद्र २०७३, मंगलवार १०:१३

भदौ ७, काठमाडौँ । स्थानीय वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुङ्गामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ । 

अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको जनाउँदै आफन्तले शव बुझेका छैनन् । सोमबार राति १ बजे निमोनियाबाट पीडित तीनवर्षीय विकृष्ण महर्जनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । 

सघन उपचार कक्षमा भर्ना गरी उपचार भइरहेको बालकको बिहान ५।४५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत विपीन जङ्गमले जानकारी दिनुभयो । 

अस्पतालसँग दुई पटकसम्म छलफलमा बस्दा पनि आफन्तले शव नबुझेको जङ्गमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बच्चालाई राति शिक्षण अस्पताल महाराजगन्जमा सघन उपचार कक्षमा शैय्या खाली नभएकाले हाम्रो अस्पतालमा रेफर गरिएको थियो । मृतक शिशुको निमोनिया बिग्रिसकेको रहेछ । छातीबाट मुटुतिर निमोनिया फैलिएकोले मृत्यु भएको हो ।’’ 

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले बिहान तनावग्रस्त भए पनि अहिले वातावरण सामान्य भइसकेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो