2026-06-22 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा ड्रोन हमलाको बदला, यमनमा हुथीका कमाण्डरसहित २० जना मारिए, युद्धले नयाँ मोड लिने संकेत

माघ ५, काठमाडौं। साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा गरेको हवाई हमलामा हुथीका एक कमाण्डरसहित २० जनाको मृत्यु भएको छ । मंगलबार यमनको राजधानी सानामा गरेको गठबन्धन सेनाको हवाई हमलामा परी २० जना मारिएको टीआरटी समाचार माध्यमले जनाएको छ।

हवाई हमलामा हुथी लडाकु संगठनको वायु सेनाका जर्नेल अब्दुल्लाह कासिम अल जुलाइदको समेत मृत्यु भएको समाचारमा उल्लेख छ । हुथीको सञ्चालन गर्दै आएको साबा समाचार माध्यमले समेत साउदी हवाई हमलामा जुनाइदसहित उनकी श्रीमति र छोरा मारिएको पुष्टि गरेको छ ।


सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा हुथीले ड्रोन हमला गरलगत्तै गठबन्धन सेनाले सानामा हवाई हमला गरेको हो । अबुधाबीमा भएको ड्रोन हमलामा २ भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।

अबुधाबीको मुसफ्फह क्षेत्रको एक तेल भण्डारण केन्द्रका ३ वटा तेल ट्याङ्कर र अबुधाबी विमानस्थल नजिकैको एक निर्माण स्थलमा भएका दुबै हमलाको जिम्मा हुथीले लिएको थियो । लगत्तै यूएईले ड्रोन हमलाको बदला दिने चेतावनी दिएको थियो ।

पछिल्लो समय युएईले यमनमा हुथीसँग लडिरहेका फौजलाई सहयोग गर्दै आएको छ । यूएईमा भएको पछिल्लो ड्रोन हमलापछि यमनमा जारी युद्धले नयाँ मोड लिन सक्ने विश्लेषण हुन थालेको छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित