माघ ५, जनकपुर । जब आकाशमा कालो बादल लाग्छ, अनि जनकपुरधाम उपमहानगरपालिका– १८ महुवा भोइलका रामजनम महराको परिवारमा चिन्ता थपिन्छ । आकाशमा कालो बादल लागेपछि वर्षा हुन्छ र वर्षा भएसँगै स्थानीय जलाद खोलामा आउने बाढीले घर नै डुबानम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, जनकपुर । जब आकाशमा कालो बादल लाग्छ, अनि जनकपुरधाम उपमहानगरपालिका– १८ महुवा भोइलका रामजनम महराको परिवारमा चिन्ता थपिन्छ । आकाशमा कालो बादल लागेपछि वर्षा हुन्छ र वर्षा भएसँगै स्थानीय जलाद खोलामा आउने बाढीले घर नै डुबानम"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

नदी नियन्त्रणको प्रयासमा स्थानीयवासी

२०७८, ५ माघ बुधबार १०:२२

माघ ५, जनकपुर । जब आकाशमा कालो बादल लाग्छ, अनि जनकपुरधाम उपमहानगरपालिका– १८ महुवा भोइलका रामजनम महराको परिवारमा चिन्ता थपिन्छ । आकाशमा कालो बादल लागेपछि वर्षा हुन्छ र वर्षा भएसँगै स्थानीय जलाद खोलामा आउने बाढीले घर नै डुबानमा पर्ने गरेका कारण आकाशमा कालो बादल लाग्ने वित्तिकै महराको परिवारमा चिन्ता थपिने गरेको छ । 

‘‘अघिल्लो वर्षको साउन र भदौमा जलाद नदीमा आएको बाढी गाउँ पस्दाँ घर नै डुबानमा पर्यो”, महराले भन्नुभयो,‘‘बाढीले पूरै बस्ती नै जलमग्न भयो, हामी गाउँ नजिकैको विद्यालयमा एक सातासम्म गुजारा ग¥यौ ।” अहिले पनि त्यो दिन सम्झेर झसङ्ग हुने गरेको उहाँको भनाइ छ ।

‘‘दुई वर्षअघि पनि यस्तै बाढी पसेर गाउँ नै डुबानमा परेको थियो”, महराले अगाडि भन्नुभयो,‘‘त्यति खेरत बाढीले त्यति क्षति गरेको थिएन्, तर गएको साउन र भदौ महिनामा आएको बाढीले बस्तीमा ठूलै क्षति पु¥यायो ।” बाढीले करिब एक दर्जन भन्दा बढी व्यक्तिको फुसको घर भत्काएको र धेरैको अन्नपातसमेत बगाएर लगेको उहाँले सुनाउनुभयो । 

जलाद खोलामा आएको बाढीका कारण हेर्दाहेर्दै आफ्नो खेतीयोग्य करिब ५ कठ्ठा जति जग्गा बगरमा परिणत भएको जनकपुरधाम उपमहानगरपालिका– १८ महुवा भोइलकै गणेश मण्डलले बताउनुभयो । ‘‘नदीमा आएको बाढी गाउँतिर पस्यो”, मण्डलले भन्नुभयो,‘‘ बाढी मेरै खेततिरबाट पसेको रहेछ्, रोपाइँ गरेको धान बगाएर लग्यो सँगै खेतीयोग्य जग्गा बगरमै परिणत भयो ।” मलिलो माटो भएको खेत अहिले बालुवा भरिए बगर बनेको उहाँको गुनासो छ ।

बस्ती नजिकैबाट बग्दै गरेको नदीका कारण महरा र मण्डललाई मात्र होइन्, जनकपुरधाम उपमहानगरपालिका–१८ को महुवा भोइल, वडा नम्बर १७ को ओसराहा, कनकदही, औरही गाउँपालिकाको पुरन्दहिया, देउरीलगायतका एक दर्जन भन्दा बढी गाउँका स्थानीयवासी समस्यामा परेका छन् । सो नदीको बाढीले वर्सेनि उपद्रो मच्चाउँदै आए पनि नियन्त्रणको ठोस् उपाय नहुँदा एक दर्जन गाउँ जोखिम रहेको जनकपुरधाम उपमहानगरपालिका–१८ का वडाध्यक्ष रामशङ्कर पासवानले बताउनुभयो । 

‘‘नदीमा बालुवा भरेर स्तरमाथि आइसकेको छ, जसका कारण थोरै वर्षामा पनि बाढी गाउँतिर पस्ने गरेको छ”, वडाअध्यक्ष पासवानले भन्नुभयो,‘‘ बस्तीलाई सुरक्षित बनाउन कि त नदीबाट बालुवा झिक्नुप¥यो कित अग्लो बाँध बनाएर धार बनाउनुप¥यो ।” ती कार्य गर्नका लागि ठूलो बजेट आवश्यक पर्छ, वडास्तरीय बजेटबाट नभ्याउने भएर अन्यत्र पहल गरिरहेको वडाअध्यक्ष पासवानको कथन छ । 

“हामीसँग वडास्तरीय बजेट कम हुन्छ, तर नदी नियन्त्रणका लागि ठूलो बजेट आवश्यक पर्छ”, वडाध्यक्ष पासवानले भन्नुभयो,‘‘त्यही भएर हामी जलाद नदी नियन्त्रणसम्बन्धी पञ्चवर्षीय योजना तयार पारेर जनकपुरधाम उपमहानगरपालिका, कमला नदी नियन्त्रण कार्यालयसहितका विभिन्न निकायसँग समन्वय गरिरहेका छौं ।” 

धेरै ठाउँबाट नदी नियन्त्रणका लागि आश्वासनसमेत पाएकाले अवको वर्षायामसम्ममा डुबानको समस्या समाधान हुन्छ कि भन्ने विश्वास रहेको उहाँको भनाइ छ ।   बाढीपहिरोलगायत जलवायुु परिवर्तन र त्यसबाट सृजित विपद्बाट वर्सेनि प्रभावित सो क्षेत्रका स्थानीयवासीलाई लक्षित गरी विपद् तथा जलवायु परिवर्तन उत्थानशीलता कार्यक्रमसमेत सुरु गरिएको छ । 

वर्सेनि वर्षायामका बेला बाढी, सुख्खायाममा आगलागी र शीतलहरको समय कठ्याङग्रिनु पर्ने विपद्बाट सो वडाका स्थानीयवासी प्रभावित रहेको पाइएपछि विपद् तथा जलवायु परिवर्तन उत्थानशील कार्यक्रम सुरु गरिएको समावेशी उत्थानशीलता र जवाफदेहिता प्रवद्र्धनका लागि युवा सञ्जाल सुदृढीकरण (प्रयास) परियोजनाका परियोजना संयोजक जागेश्वर यादवले बताउनुभयो । 

नेपाल युवा संस्था सञ्जाल (आयोन) द्वारा सञ्चालित सो परियोजना अन्तर्गत पहिलोे चरणमा जलवायु र विपद्सम्बन्धी विज्ञबाट वडास्तरीय सरोकारबालालाई प्रशिक्षण दिएर सम्बन्धीत वडास्तरमा देखिएका विपद्को विश्लेषण गर्ने र त्यही विश्लेषणको आधारमा योजना तयार पार्ने गरेको परियोजना संयोजक यादवले बताउनुभयो । 

‘‘वडा, रेडक्रस, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाजलगायत वडास्तरीय सरोकारबालासँग अन्तक्र्रिया गर्ने गरेका छौं”, संयोजक यादवले भन्नुभयो,‘‘जलवायु परिवर्तनबाट उत्पन्न विपद् न्यूनीकरण कसरी गर्ने ? कति बजेट लाग्ने ? कुन कुन निकायमा पहल गर्न सकिन्छ ? ती विषय वस्तु समेटेर योजना तयार गर्ने गरेका छौं ।” 

वडास्तरमा तयार भएका योजना कार्यान्वयनमा लैजान सम्बन्धित निकायसँग निरन्तर पहल गर्न सहयोगी भूमिका निर्वाह गर्दै आएको उहाँको कथन छ । “विपद् कसैलाई सोधेर आउँदैन्”,संयोजक यादवले भन्नुभयो, ‘‘त्यही भएर जलवायु परिवर्तनमा उत्पन्न भएका विपद्बाट जोगाउन जनकपुरधाम नगरपालिकासहित बाढी प्रभावित, कटान प्रभावित स्थानमा यो परियोजना सञ्चालन गरेका छौं ।” यो परियोजनाले स्थानीयवासीलाई जलवायु परिवर्तनपछि उत्पन्न विपद्बाट जोगाउन मद्दत पुगिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन