२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाम्पत्य जीवनमा पनि एक्लोपन कसरी ?

७ माघ २०७८, शुक्रबार ०९:४०

माघ ७, काठमाडौँ | विवाहपछि मान्छेले आफ्नो सुख-दुःख साट्ने अत्यन्तै निकटका भरपर्दो साथी पाउँछन्। श्रीमान् श्रीमती भएपछि उनीहरूले एक अर्कासँग हरेक कुरा साझेदार गर्छन्। एउटाको दुःखमा अर्कोले हात दिने र एउटाको खुसीमा अर्कोले साथ दिने सहयोगी सम्बन्ध निर्माण हुन्छ। त्यसैले कतिपय शोधमा के पाइएको छ भने, विवाहपछि एक्लोपना हट्छ।

तर, पछिल्लो समयमा अक्सर दम्पती नै एक्लोपनको सिकार बन्दै गएको पाइन्छ। एक शोध अनुसार २० प्रतिशत दम्पती वैवाहिक जीवनमा पनि एक्लोपन महसुस गरिरहेका छन्।

एक्लोपन आफैमा समस्या हो। यहाँ बुझ्नुपर्ने कुरा के छ भने एकान्त वा एक्लो हुनु र एक्लोपन महसुस गर्नु फरक कुरा हुन्। कसैले नितान्त एक्लो भएर पनि एक्लोपन महसुस गर्दैनन् वा गर्नुपर्दैन। कसैले भने भिडमा पनि आफूलाई एक्लो महसुस गर्छन्। यो एक कमजोर मानसिक स्थिति हो। जब मान्छेले आफूलाई एक्लो महसुस गर्न थाल्छ उनीहरूमा असुरक्षाको भावना बढ्छ। हरेक कुरामा उनीहरू भयभित हुन थाल्छन्।

मान्छेको स्वभाव के हो भने कुनै पनि कुरा एक अर्कामा साझेदार गरेर बाँच्ने। दुःखको स्थितिमा मान्छेले अरूको साथ वा सहयोग खोज्छ। आफ्नो दुःखबाट छुटकारा पाउनका लागि अरूको सुझाव, सहयोग जरुरी हुन्छ। यसै गरी मान्छेले खुसीमा पनि अरूको साथ खोज्छ। आफ्नो खुसीमा रमाउने मान्छेहरू खोज्छन्। यसरी मान्छे अरुसँग अन्तरक्रियात्मक सम्बन्ध बनाएर बाँच्ने यत्न गरिरहेका हुन्छन्। जबकि मन्छेले एक्लोपना महसुस गर्छ भने उनीहरू क्रमशः निराश, उदास, भयभित, बेचैन हुन थाल्छन्। अन्ततः यसले उनीहरूलाई चरम चिन्ता र डिप्रेसनको अवस्थामा पुर्‍याउँछ। र, यो आत्महत्याको कारण पनि बन्न सक्छ।

जब कसैले विवाह गर्छ उनीहरूले आफ्नो सुखदुख साट्ने जीवनसाथी पाउँछन्। उनीहरूले आफ्नो परिवारको रचना गर्छन्। दाम्पत्य सम्बन्ध, घर व्यवहार, बालबच्चा, पारिवारिक जीवनमा रमाइरहँदा उनीहरूले एक्लोपन महसुस गर्दैनन्। आम धारणा यही छ। तर, कतिपय दम्पती भने एकसाथ भएर पनि एक्लो अनुभव गरिरहेका छन्। यसमा अनेक कारण छन्।

एक्लोपनको कारण

अहिले मानिसको जीवन धेरै नै व्यस्त हुन थालेको छ। धेरैजसो विवाहित जोडीहरू कामकाजी हुन्छन् र उनीहरूको अधिकांश समय कार्यालयमा सहकर्मीको साथमा बित्छ। यस्तोमा उनीहरूले आफ्नो जीवनसाथीलाई दिने समय धेरै कम हुन्छ। सामाजिक सञ्जालले यस बढ्दो एक्लोपनालाई अझै बढाइदिन्छ। किनभने त्यहाँ नयाँ साथी भेटिन्छन् र उनीहरूले धेरै आकर्षित गर्छन्। यस्तोमा कहिले हामी पार्टनरलाई उपेक्षा गर्न लाग्छौं थाहा नै हुँदैन ।

घरमा पनि हरेक समय दुवै जना आफ्नो फोन वा ल्यापटपमा व्यस्त रहन्छन् चाहे खानाको समय होस् वा बेडमा सुत्ने समय होस्। बेडरुम यस्तो ठाउँ हो जहाँ पार्टनरले एक अर्कासँग प्रेम र रोमान्स गर्न सक्छन्। आफ्नो समस्याहरू, आफ्नो सुखदुख सेयर गर्न सक्छन् तर, उनीहरू आजभोलि बेडरुममा पनि एक अर्कासँग नजिक नभई आ-आफ्नो दुनियाँमा हराउँछन्। पछि थाहा हुन्छ कि एक अर्काबाट उनीहरू कति टाढा भइसकेका छन्।

टुट्दैछ संवाद

बिहान श्रीमान्/श्रीमतीलाई आफ्नो कामधन्दामा लाग्ने हतारो हुन्छ। बिहानै उनीहरू छुट्छन्। दिनभर आ-आफ्नै काम व्यवहारमा लाग्छन्। साँझ थकित ज्यान लिएर घर फर्कन्छन्। त्यसपछि कोही मोबाइल, फेसबुकमा भुल्छन्, कोही दिनभर थाँती रहेको काम पुरा गर्नतर्फ लाग्छन्। उनीहरुबीच एकसाथ खाना खाने समय पनि जुर्दैन। राती एकसाथ ओछ्यानमा जाने साइत मिल्दैन। ओछ्यानमा पनि दम्पतीको बिचमा घुस्रिएको हुन्छ, मोबाइल।

यसरी उनीहरू एक अर्कासँग अन्तरंग कुराकानी गर्दैनन्। एक अर्काको सुख दुःखबारे सोध्दैनन्। घर परिवारकै विषयमा कुरा गर्न समेत रुचि हुँदैन। यो क्रम बढ्दै जाँदा उनीहरू वैवाहिक जीवनमा पनि एक्लो हुँदै जान्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान