2026-09-03 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाम्पत्य जीवनमा पनि एक्लोपन कसरी ?

माघ ७, काठमाडौँ | विवाहपछि मान्छेले आफ्नो सुख-दुःख साट्ने अत्यन्तै निकटका भरपर्दो साथी पाउँछन्। श्रीमान् श्रीमती भएपछि उनीहरूले एक अर्कासँग हरेक कुरा साझेदार गर्छन्। एउटाको दुःखमा अर्कोले हात दिने र एउटाको खुसीमा अर्कोले साथ दिने सहयोगी सम्बन्ध निर्माण हुन्छ। त्यसैले कतिपय शोधमा के पाइएको छ भने, विवाहपछि एक्लोपना हट्छ।

तर, पछिल्लो समयमा अक्सर दम्पती नै एक्लोपनको सिकार बन्दै गएको पाइन्छ। एक शोध अनुसार २० प्रतिशत दम्पती वैवाहिक जीवनमा पनि एक्लोपन महसुस गरिरहेका छन्।

एक्लोपन आफैमा समस्या हो। यहाँ बुझ्नुपर्ने कुरा के छ भने एकान्त वा एक्लो हुनु र एक्लोपन महसुस गर्नु फरक कुरा हुन्। कसैले नितान्त एक्लो भएर पनि एक्लोपन महसुस गर्दैनन् वा गर्नुपर्दैन। कसैले भने भिडमा पनि आफूलाई एक्लो महसुस गर्छन्। यो एक कमजोर मानसिक स्थिति हो। जब मान्छेले आफूलाई एक्लो महसुस गर्न थाल्छ उनीहरूमा असुरक्षाको भावना बढ्छ। हरेक कुरामा उनीहरू भयभित हुन थाल्छन्।

मान्छेको स्वभाव के हो भने कुनै पनि कुरा एक अर्कामा साझेदार गरेर बाँच्ने। दुःखको स्थितिमा मान्छेले अरूको साथ वा सहयोग खोज्छ। आफ्नो दुःखबाट छुटकारा पाउनका लागि अरूको सुझाव, सहयोग जरुरी हुन्छ। यसै गरी मान्छेले खुसीमा पनि अरूको साथ खोज्छ। आफ्नो खुसीमा रमाउने मान्छेहरू खोज्छन्। यसरी मान्छे अरुसँग अन्तरक्रियात्मक सम्बन्ध बनाएर बाँच्ने यत्न गरिरहेका हुन्छन्। जबकि मन्छेले एक्लोपना महसुस गर्छ भने उनीहरू क्रमशः निराश, उदास, भयभित, बेचैन हुन थाल्छन्। अन्ततः यसले उनीहरूलाई चरम चिन्ता र डिप्रेसनको अवस्थामा पुर्‍याउँछ। र, यो आत्महत्याको कारण पनि बन्न सक्छ।

जब कसैले विवाह गर्छ उनीहरूले आफ्नो सुखदुख साट्ने जीवनसाथी पाउँछन्। उनीहरूले आफ्नो परिवारको रचना गर्छन्। दाम्पत्य सम्बन्ध, घर व्यवहार, बालबच्चा, पारिवारिक जीवनमा रमाइरहँदा उनीहरूले एक्लोपन महसुस गर्दैनन्। आम धारणा यही छ। तर, कतिपय दम्पती भने एकसाथ भएर पनि एक्लो अनुभव गरिरहेका छन्। यसमा अनेक कारण छन्।

एक्लोपनको कारण

अहिले मानिसको जीवन धेरै नै व्यस्त हुन थालेको छ। धेरैजसो विवाहित जोडीहरू कामकाजी हुन्छन् र उनीहरूको अधिकांश समय कार्यालयमा सहकर्मीको साथमा बित्छ। यस्तोमा उनीहरूले आफ्नो जीवनसाथीलाई दिने समय धेरै कम हुन्छ। सामाजिक सञ्जालले यस बढ्दो एक्लोपनालाई अझै बढाइदिन्छ। किनभने त्यहाँ नयाँ साथी भेटिन्छन् र उनीहरूले धेरै आकर्षित गर्छन्। यस्तोमा कहिले हामी पार्टनरलाई उपेक्षा गर्न लाग्छौं थाहा नै हुँदैन ।

घरमा पनि हरेक समय दुवै जना आफ्नो फोन वा ल्यापटपमा व्यस्त रहन्छन् चाहे खानाको समय होस् वा बेडमा सुत्ने समय होस्। बेडरुम यस्तो ठाउँ हो जहाँ पार्टनरले एक अर्कासँग प्रेम र रोमान्स गर्न सक्छन्। आफ्नो समस्याहरू, आफ्नो सुखदुख सेयर गर्न सक्छन् तर, उनीहरू आजभोलि बेडरुममा पनि एक अर्कासँग नजिक नभई आ-आफ्नो दुनियाँमा हराउँछन्। पछि थाहा हुन्छ कि एक अर्काबाट उनीहरू कति टाढा भइसकेका छन्।

टुट्दैछ संवाद

बिहान श्रीमान्/श्रीमतीलाई आफ्नो कामधन्दामा लाग्ने हतारो हुन्छ। बिहानै उनीहरू छुट्छन्। दिनभर आ-आफ्नै काम व्यवहारमा लाग्छन्। साँझ थकित ज्यान लिएर घर फर्कन्छन्। त्यसपछि कोही मोबाइल, फेसबुकमा भुल्छन्, कोही दिनभर थाँती रहेको काम पुरा गर्नतर्फ लाग्छन्। उनीहरुबीच एकसाथ खाना खाने समय पनि जुर्दैन। राती एकसाथ ओछ्यानमा जाने साइत मिल्दैन। ओछ्यानमा पनि दम्पतीको बिचमा घुस्रिएको हुन्छ, मोबाइल।

यसरी उनीहरू एक अर्कासँग अन्तरंग कुराकानी गर्दैनन्। एक अर्काको सुख दुःखबारे सोध्दैनन्। घर परिवारकै विषयमा कुरा गर्न समेत रुचि हुँदैन। यो क्रम बढ्दै जाँदा उनीहरू वैवाहिक जीवनमा पनि एक्लो हुँदै जान्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही