2026-10-19 05:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही

2026-09-01

काठमाडौँ | राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भोटेकोसी विपद्‌मा अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताएका छन् । नेपालका कारण अहिलेको विपत्ति नआएको दाबी गर्दै उनले क्षतिपूर्ति माग्नुपर्ने उल्लेख गरेका हुन् । मंगलबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय अदालतदेखि राष्ट्रसंघसम्म पुग्नुपर्ने उल्लेख गरे । ”कार्बन उत्सर्जन गर्ने अरू राष्ट्रका कारणले गर्दा हामीले विपत्ति भोगिरहेका छौँ । यसको क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ ,” उनले भने, “अन्तर्राष्ट्रिय समुदायमा जानुपर्छ , संयुक्त राष्ट्रसंघसँग जानुपर्छ यो हाम्रो हक दाबी हो । क्षतिपूर्तिसहित माग दाबी गर्नुपर्छ ।”

उनले सरकारले भोटेकोसी बाढी पीडितलाई राहत वितरणका निम्ति तल्ला निकायहरूलाई परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताए । “एकद्वार प्रणालीले गाह्रो पारेको छ । राहत सीडीओ कार्यालयमा थन्किएको छ । तल्लो स्तरको जनताकहाँ पुर्‍याउन सरकारले आफ्ना संयन्त्र परिचालन गर्नुपर्‍यो,” उनी भन्छन् ।

केन्द्र सरकारले स्थानीय सरकार समक्ष राहत पुर्‍याउनुपर्ने उनले बताए । “स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने दायित्व केन्द्रीय सरकारको हो,” उनले भने , “स्थानीयलाई थाहा हुन्छ नि त कहाँ को मान्छे गयो, को बेपत्ता भयो, कसलाई के आवश्यकता छ ?”

यस विपद्‌मा उद्धार तथा राहतका लागि सामूहिक प्रयत्न आवश्यक रहेकाले सहयोगका लागि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ