2026-09-28 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही

2026-09-01

काठमाडौँ | राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भोटेकोसी विपद्‌मा अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताएका छन् । नेपालका कारण अहिलेको विपत्ति नआएको दाबी गर्दै उनले क्षतिपूर्ति माग्नुपर्ने उल्लेख गरेका हुन् । मंगलबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय अदालतदेखि राष्ट्रसंघसम्म पुग्नुपर्ने उल्लेख गरे । ”कार्बन उत्सर्जन गर्ने अरू राष्ट्रका कारणले गर्दा हामीले विपत्ति भोगिरहेका छौँ । यसको क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ ,” उनले भने, “अन्तर्राष्ट्रिय समुदायमा जानुपर्छ , संयुक्त राष्ट्रसंघसँग जानुपर्छ यो हाम्रो हक दाबी हो । क्षतिपूर्तिसहित माग दाबी गर्नुपर्छ ।”

उनले सरकारले भोटेकोसी बाढी पीडितलाई राहत वितरणका निम्ति तल्ला निकायहरूलाई परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताए । “एकद्वार प्रणालीले गाह्रो पारेको छ । राहत सीडीओ कार्यालयमा थन्किएको छ । तल्लो स्तरको जनताकहाँ पुर्‍याउन सरकारले आफ्ना संयन्त्र परिचालन गर्नुपर्‍यो,” उनी भन्छन् ।

केन्द्र सरकारले स्थानीय सरकार समक्ष राहत पुर्‍याउनुपर्ने उनले बताए । “स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने दायित्व केन्द्रीय सरकारको हो,” उनले भने , “स्थानीयलाई थाहा हुन्छ नि त कहाँ को मान्छे गयो, को बेपत्ता भयो, कसलाई के आवश्यकता छ ?”

यस विपद्‌मा उद्धार तथा राहतका लागि सामूहिक प्रयत्न आवश्यक रहेकाले सहयोगका लागि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै