2026-10-19 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति

2026-09-01

काठमाडौँ | नेकपा (एमाले) ले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री संकलन, वितरण र पुनर्स्थापनाका लागि एमालेले पार्टीका सचिव महेश बस्नेतको संयोजकत्वमा ४० सदस्यीय ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ गठन गरेको छ ।

उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एमालेले नेताहरूलाई जिल्ला र केन्द्रीय तहको जिम्मेवारी बाँडफाँट गरेको छ । जसअन्तर्गत रसुवा जिल्लाको संयोजन विनोद श्रेष्ठ, नुवाकोटको संयोजन रूपनारायण श्रेष्ठ तथा धादिङ र चितवनको संयोजन रमेश आचार्यलाई तोकिएको छ । केन्द्रीय तहमा संघीय सरकारसँग समन्वय गर्ने जिम्मा डा. राजन भट्टराईलाई दिइएको छ । प्रचारप्रसारको संयोजन नीरज आचार्य, आर्थिक व्यवस्थापन डा. भीष्म अधिकारी, स्वयंसेवक परिचालन विनोद श्रेष्ठ, कार्यालय व्यवस्थापन नारायण सिलवाल र राहत संकलनको संयोजन जिम्मा कैलाश ढुंगेललाई दिइएको छ । यी समितिहरूले विभिन्न जनसंगठन र पार्टी कमिटीहरूलाई परिचालन गरी काम अघि बढाउनेछन् ।

प्रभावित क्षेत्रमा तत्काल आवश्यकताको पहिचान गरी राहत सामग्री संकलन, ढुवानी, वितरण र पीडित परिवारको पुनर्स्थापनाका लागि सरकारी निकाय, स्थानीय तह तथा पार्टीका सबै तहका कमिटीहरूसँग समन्वय गरिने वक्तव्यमा उल्लेख छ । यस अभियानमा प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रत्यक्ष रूपमा उद्धार र राहत कार्यमा जोडिन निर्देशन दिइएको छ । विपद्मा परेका नागरिकको जीवनरक्षा र राहतलाई पहिलो प्राथमिकतामा राख्दै भोलि बिहान ११ बजे नुवाकोट र दिउँसो १ बजे रसुवातर्फ नेकपा (एमाले) को केन्द्रीय उद्धार तथा राहत टोली प्रस्थान गर्ने तयारी छ ।

अध्यक्ष ओलीले वक्तव्यमार्फत विपद्को यस घडीमा सम्पूर्ण नागरिक र सरोकारवालालाई एकताबद्ध हुन अपिल गरेका छन् । उनले भनेका छन्, ‘विपद्को यस कठिन घडीमा सम्पूर्ण पार्टी पङ्क्ति, जनसंगठन, जनप्रतिनिधि, नागरिक समाज तथा सहयोगी हातहरूलाई उद्धार र राहत अभियानमा एकजुट भई जुट्न हार्दिक आह्वान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ