2026-09-28 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति

2026-09-01

काठमाडौँ | नेकपा (एमाले) ले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री संकलन, वितरण र पुनर्स्थापनाका लागि एमालेले पार्टीका सचिव महेश बस्नेतको संयोजकत्वमा ४० सदस्यीय ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ गठन गरेको छ ।

उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एमालेले नेताहरूलाई जिल्ला र केन्द्रीय तहको जिम्मेवारी बाँडफाँट गरेको छ । जसअन्तर्गत रसुवा जिल्लाको संयोजन विनोद श्रेष्ठ, नुवाकोटको संयोजन रूपनारायण श्रेष्ठ तथा धादिङ र चितवनको संयोजन रमेश आचार्यलाई तोकिएको छ । केन्द्रीय तहमा संघीय सरकारसँग समन्वय गर्ने जिम्मा डा. राजन भट्टराईलाई दिइएको छ । प्रचारप्रसारको संयोजन नीरज आचार्य, आर्थिक व्यवस्थापन डा. भीष्म अधिकारी, स्वयंसेवक परिचालन विनोद श्रेष्ठ, कार्यालय व्यवस्थापन नारायण सिलवाल र राहत संकलनको संयोजन जिम्मा कैलाश ढुंगेललाई दिइएको छ । यी समितिहरूले विभिन्न जनसंगठन र पार्टी कमिटीहरूलाई परिचालन गरी काम अघि बढाउनेछन् ।

प्रभावित क्षेत्रमा तत्काल आवश्यकताको पहिचान गरी राहत सामग्री संकलन, ढुवानी, वितरण र पीडित परिवारको पुनर्स्थापनाका लागि सरकारी निकाय, स्थानीय तह तथा पार्टीका सबै तहका कमिटीहरूसँग समन्वय गरिने वक्तव्यमा उल्लेख छ । यस अभियानमा प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रत्यक्ष रूपमा उद्धार र राहत कार्यमा जोडिन निर्देशन दिइएको छ । विपद्मा परेका नागरिकको जीवनरक्षा र राहतलाई पहिलो प्राथमिकतामा राख्दै भोलि बिहान ११ बजे नुवाकोट र दिउँसो १ बजे रसुवातर्फ नेकपा (एमाले) को केन्द्रीय उद्धार तथा राहत टोली प्रस्थान गर्ने तयारी छ ।

अध्यक्ष ओलीले वक्तव्यमार्फत विपद्को यस घडीमा सम्पूर्ण नागरिक र सरोकारवालालाई एकताबद्ध हुन अपिल गरेका छन् । उनले भनेका छन्, ‘विपद्को यस कठिन घडीमा सम्पूर्ण पार्टी पङ्क्ति, जनसंगठन, जनप्रतिनिधि, नागरिक समाज तथा सहयोगी हातहरूलाई उद्धार र राहत अभियानमा एकजुट भई जुट्न हार्दिक आह्वान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै