२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी इराकमा आइएसको आक्रमण, ११ सैनिकको मृत्यु

७ माघ २०७८, शुक्रबार १२:१६

 एजेन्सी | इराकको पूर्वी प्रान्त दियालामा इस्लामिक स्टेट (आइएस) समूहको एउटा कट्टरपन्थी समूहले रातिको समयमा गरेको आक्रमणमा परी कम्तीमा ११ इराकी सैनिकको मृत्यु भएको प्रान्तीय प्रहरीले शुक्रबार जनाएको छ।

दियालाको प्रान्तीय राजधानी बाकूबाबाट करिब ६० किलोमिटर उत्तरमा रहेको उधिम क्षेत्रस्थित सैनिक शिविरमा मध्यरातमा आक्रमण गर्दा सैनिकतर्फ उक्त क्षति भएको प्रान्तीय सुरक्षा प्रमुख मेजर अला अल-सादीले सिन्ह्वालाई बताए। आक्रमणकारीहरूले घटनास्थलबाट भाग्नु अघि एक अधिकृतसहित ११ सैनिक जवानको हत्या गरेका थिए।

आक्रमणकारीहरूले तापक्रममा आएको उल्लेख्य गिरावटको फाइदा उठाएर सैनिक चौकीमा आक्रमण गर्दा सेनातर्फ धेरै षति हुन पुगेको अल सादीले बताए। आक्रमणपछि दियाला प्रान्तका इराकी सुरक्षाबल उच्च सतर्क अवस्थामा राखिएको छ भने दियालाको प्रान्तीय परिचालनको उच्च पदस्थ सुरक्षा अधिकारीहरू घटनाको जाँच गर्न घटनास्थल पुगेका बताइएको छ।

विगत महिनाहरूमा इराकमा आतंकवादी समूह घोषित आइएसआइएसले उनीहरूबाट यस पहिले सरकारी फौजले नियन्त्रण गरेका प्रान्तहरूमा इराकी सुरक्षा बलविरुद्ध आफ्नो आक्रमणलाई तीव्र बनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम