भदौ ९, काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा"/>
२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

प्रसूति गृहलाई अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने

२०७३, ९ भाद्र बिहीबार ०९:३२

भदौ ९, काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने भएको छ । 

अस्पतालको ५७औँ वार्षिकोत्सवको अवसरमा निर्देशक प्रा डा जागेश्वर गौतमले निकट भविष्यमै मिडवाइफ्री/नर्सिङ कलेज सञ्चालन गर्ने, आफ्नै औषधि पसल खोल्ने, सिटीस्याक्न र एमआरआई सेवा सुरु गर्ने, स्याटेलाइट अस्पताल सञ्चालन गर्ने, अक्सिजन प्लान्ट सुरु गर्ने र सोलार प्रणाली जडान गर्न गृहकार्य भइरहेको जानकारी दिनुभयो । 

स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले भन्नुभयो – “मातृ स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न यस अस्पतालले ठूलो भूमिका निर्बाह गरेको छ । नेपालको एकमात्र प्रसूति गृहको विकासका लागि मन्त्रालय सहयोग गर्न तयार छ ।” 

मन्त्रालयकी प्रमुख विशेषज्ञ डा किरण रेग्मीले प्रसूति गृहले दिइरहेको सेवालाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो – “हामीले पुरानै शैलीमा सेवा दिएर हुँदैन । अब नयाँ प्रविधि र शैलीमा बिरामीलाई सेवा दिन सक्नुपर्छ । सेवा दिने र सेवा लिने पनि हामी नै हाँै भन्ने भावनाबाट प्रेरित भई सेवा दिनुपर्ने बेला आइसकेको छ ।” 

नेपालका लागि भारतीय राजदूतावासका प्रतिनिधि ज्ञानवीर सिंहले नेपालको स्वास्थ्य क्षेत्रमा भारत सरकार सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले प्रसूति गृहको स्थापनाकालदेखि नै भारत सरकारको सहयोग रहिआएको चर्चा गर्दै स्वास्थ्य क्षेत्रमा सबै खालका सहयोग जारी रहने बताउनुभयो । 

अस्पाताल विकास समितिका अध्यक्ष डा नन्दप्रसाद शर्माले पर्याप्त शै्यया नहुँदा बिरामीको चाप धान्न गाह्रो परिरहेको उल्लेख गर्दै अस्पतालमा ४१५ शै्यया पर्याप्त नहुँदा बिरामीको चाप धान्न र स्तरीय सेवा दिन चुनौती थपिएको छ भन्नुभयो । 

आव २०७२/७३मा बहिरङ्ग सेवामा प्रसूति सेवामा ५२ हजार ८१४ र स्त्रीरोग उपचारमा २५ हजार २३० बिरामी र बच्चाको खोप, बाँझोपन, परिवार नियोजनमा एक लाख ३६ हजार ६४६ बिरामीले अस्पतालबाट सेवा लिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस