१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसको पूर्ण ग्यास आपूर्ति बन्द युरोपका लागि महामारी

१४ माघ २०७८, शुक्रबार ०७:१३

माघ १४, काठमाडौँ | एजेन्सी | अमेरिका र उसका गठबन्धनहरुले रुसी ग्यास आपूर्ति बन्द भएमा त्यसको आपतकालीन योजना बारे सोचिरहेका छन् । रुसी ग्यास, व्यापार र युरोपका घरहरुको न्यानोका लागि महत्वपूर्ण रहँदै आएको छ । युक्रेनसँगको तनावको समयमा  यो आपूर्ति बन्द हुने अवस्थामा पनि पुग्न सक्छ ।

रुसी ग्यासबिना यूरोप टिक्नका लागि समेत संघर्ष गर्नुपर्ने हुन्छ र यसको वैकल्पिक स्रोतले ठूलो लजिस्टिक चुनौती दिन सक्छ । ‘यहाँ वास्तवमै छिटो र सहज विकल्प छैन,’ जर्मन इन्सटिच्यूट फर इन्टरनेशनल एन्ट सेक्यूरिटी अफेयर्समा पूर्वी यूरोपका विज्ञ जानिस क्लूगले भने ।

यसै साता  ह्वाइट हाउसका वरिष्ठअधिकारीले भने, ‘उनीहरुले विभिन्न देश र कम्पनीहरुलाई उत्पादन बढाउने विषयमा कुराकानी गरिरहेका छन् । उनीहरुले प्राकृतिक ग्यासको वैकल्पिक स्रोतको पहिचान गरिरहेका छन् र यो पुनः युरोपमा पठाउन सकिने छ ।’

यस किसिमको योजनालाई कार्यान्वयनमा ल्याउनाले यो चलाखीपूर्ण हुन सक्छ । नयाँ पाइपलाइन र ग्यासको तरलीकरण बनाउन वर्षौँ लाग्न सक्छ । तर यसका लागि पर्याप्त समय र ठाउँ छैन ।

यसका साथै, यूरोपमा उर्जाको आपूर्ति पहिले नै प्रमुख अवरोधको रुपमा रहँदै आएको छ । न्यून मौज्दात र ऐतिहासिक उच्च मूल्य महिनौँसम्म पनि डरको विषय बन्दै आएको छ । यदि चिसो मौसम बेमौसमी रुपमा धेरै चिसो भयो भने युरोपका देशहरुले संघर्षरत उपभोक्ता र बिजनेसलाई थप बढी सहयोग गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक