2026-10-21 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा

2026-09-08

काठमाडौँ | भारतमा चिनीको मूल्य घट्न थालेपनि नेपालमा भने चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा परेका छन्। विराटनगरको सीमावर्ती जोगबनी बजारमा एक सय रुपैयाँ प्रति किलो रहेको चिनीको मूल्य प्रति किलो १० रुपैयाँ घटेर ९० रुपैयाँ पुगेको बेला विराटनगरमा भने चिनीको मूल्य एक सय २० रुपैयाँ प्रति किलो रहेको छ। भारत सरकारले शून्य भन्सार र अन्य कर पनि छुट दिएर ५ लाख मेट्रिक टन चिनी आयात गरेपछि भारतमा चिनीको मूल्य घट्न थालेको हो । नेपाल सरकारले भने १ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तथा त्यसमा पनि साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य कम्पनीलाई मात्र २५ हजार मेट्रिक टन आयातको अनुमति दिएकाले चिनी अभावका कारण मूल्य नघटेको आयातकर्ताहरूले बताएका छन् ।

नेपालका चिनी मिलहरूले न्यून मूल्यको बिल काटेर बढी मूल्यमा चिनी बेचिरहेका कारण पनि नेपाली बजारमा चिनीको मूल्य घट्न नसकेको चिनी आयातकर्ताहरूले जनाएको छ । दसैँ अगाडि नै चिनी ल्याउन नसके चिनीको मूल्य नघट्ने चिनी आयातकर्ता जीवन रिजालले बताए। भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले प्रतिबन्ध लगाएका कारण सीमावर्ती बजारबाट चिनी ल्याउन भारतीय सशस्त्र सीमा बल एसएसबीले रोक्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ