2026-10-18 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

2026-09-07

काठमाडौँ | राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ १० गते रसुवा र नुवाकोट जिल्लामा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूको आधारभूत मानव अधिकार संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ । आयोगकी सदस्य डा. लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले गरेको स्थलगत निरीक्षणपछि आयोगले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल प्रभावकारी कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगको अनुगमन टोलीले बाढी प्रभावित क्षेत्रमा भौतिक संरचनामा ठूलो क्षति पुगेको र त्यसका कारण खानेपानी, बिजुली तथा स्वास्थ्य सेवा जस्ता अत्यावश्यक सुविधाहरू अवरुद्ध भएको पाएको छ । विज्ञप्तिमा प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि दक्ष प्राविधिक जनशक्तिको अभाव हुनुका साथै सुरक्षाकर्मीको संख्या पनि निकै न्यून रहेको पाइएको उल्लेख छ । उद्धारका लागि आवश्यक सामग्रीको कमी र सडक सञ्जाल अवरुद्ध हुँदा सर्वसाधारणको आवतजावतमा निकै कठिनाइ उत्पन्न भएको प्रति आयोगले चिन्ता व्यक्त गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाढीले क्षति पुऱ्याएका भौतिक संरचनाको पुनःनिर्माण गरी अत्यावश्यक सेवाहरू सुचारु गर्न विज्ञसहितको प्राविधिक टोली तत्काल परिचालन गर्न सरकारलाई सुझाव दिइएको छ । यस्तै, उद्धार कार्यलाई थप प्रभावकारी र निरन्तरता दिन सुरक्षाकर्मीको संख्या वृद्धि गर्न तथा उद्धार टोलीका लागि पर्याप्त सामग्रीको व्यवस्था मिलाउन समेत आयोगले आग्रह गरेको छ ।

यातायात तथा आवतजावत बन्द हुँदा नागरिकको दैनिक जनजीवनमा गम्भीर असर परेकाले तत्काल वैकल्पिक यातायातको व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई निर्देश गरेको छ । बाढीले पुऱ्याएको मानवीय र भौतिक क्षतिका बीच पीडितहरूको मानव अधिकारको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएको आयोगले स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु