2026-10-17 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग

2026-09-07

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विवादमा परेको ‘ग्रीन आर्मी’ संस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले विशेष प्रस्ताव पारित गर्दै सेनासँग मिल्दोजुल्दो पोसाक र शैलीमा बाढी प्रभावित क्षेत्रमा देखिएको ‘ग्रीन आर्मी’ खारेज गर्न माग गरेको हो।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सोमबार जारी गरेको विज्ञप्तिमा विपद् र संकटको अवस्थालाई प्रयोग गरी निहित स्वार्थ पूरा गर्ने कुनै पनि प्रयास नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएको छ। सेनासँग मिल्दोजुल्दो युद्ध पोसाक र दर्ज्यानी चिह्न प्रयोग गरी बाढी प्रभावित क्षेत्रमा देखिएको कथित ‘ग्रीन आर्मी’ तत्काल खारेज गर्न सरकारसँग माग गरिएको विज्ञप्तिमा जनाइएको छ ।

पार्टीले विपद्को सामना गर्न सबै पक्षलाई समेटेर एकीकृत राष्ट्रिय शक्ति निर्माण गर्नुपर्नेमा जोड दिएको छ । त्यसका लागि तत्काल सर्वदलीय बैठक र राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउन सरकारलाई सुझाव दिइएको छ । यसैबीच, विपद्को कठिन परिस्थितिमा नेपाललाई सहयोग र सद्भाव व्यक्त गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संघसंस्था तथा गैरआवासीय नेपाली समुदायप्रति नेकपाले आभार व्यक्त गरेको छ । पार्टीले आगामी पुनर्निर्माणका लागि समेत अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित पक्षबाट थप सहयोगको अपेक्षा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु