2026-09-28 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग

2026-09-07

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विवादमा परेको ‘ग्रीन आर्मी’ संस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले विशेष प्रस्ताव पारित गर्दै सेनासँग मिल्दोजुल्दो पोसाक र शैलीमा बाढी प्रभावित क्षेत्रमा देखिएको ‘ग्रीन आर्मी’ खारेज गर्न माग गरेको हो।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सोमबार जारी गरेको विज्ञप्तिमा विपद् र संकटको अवस्थालाई प्रयोग गरी निहित स्वार्थ पूरा गर्ने कुनै पनि प्रयास नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएको छ। सेनासँग मिल्दोजुल्दो युद्ध पोसाक र दर्ज्यानी चिह्न प्रयोग गरी बाढी प्रभावित क्षेत्रमा देखिएको कथित ‘ग्रीन आर्मी’ तत्काल खारेज गर्न सरकारसँग माग गरिएको विज्ञप्तिमा जनाइएको छ ।

पार्टीले विपद्को सामना गर्न सबै पक्षलाई समेटेर एकीकृत राष्ट्रिय शक्ति निर्माण गर्नुपर्नेमा जोड दिएको छ । त्यसका लागि तत्काल सर्वदलीय बैठक र राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउन सरकारलाई सुझाव दिइएको छ । यसैबीच, विपद्को कठिन परिस्थितिमा नेपाललाई सहयोग र सद्भाव व्यक्त गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संघसंस्था तथा गैरआवासीय नेपाली समुदायप्रति नेकपाले आभार व्यक्त गरेको छ । पार्टीले आगामी पुनर्निर्माणका लागि समेत अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित पक्षबाट थप सहयोगको अपेक्षा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल