2026-09-12 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज

माघ २१, बागलुङ | यहाँका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन थालिएको छ । सो उमेर समूहका झण्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा पाउने छन् । 

खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका दसवटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ । 

“हरेक स्थानीय तहमा सातामा दुई बार खोप सेवा सञ्चालन भइरहेको छ, बुस्टर मात्रा पनि त्यसैअन्तर्गत दिइन्छ”, उहाँले भन्नुभयो, “६० वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने भनिए पनि दुवै मात्रा खोप लगाएर ६ महिना पुगेका ६२–६४ वर्ष उमेर समूहलाई पहिलो चरणमा खोप दिन लागिएको हो ।” उहाँले सरकारी नीतिअनुरुप नै जिल्लामा खोपको उपलब्धता हेरेर सबै ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने बताउनुभयो । 

यसअघि महामारीका बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायत गरी करिब तीन हजारलाई बुस्टर डोज दिइएको थियो । कोभिशिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन् । पहिले जुनसुकै खोप लगाएको भए पनि अहिले कोभिसिल्डकै बुस्टर मात्रा दिन मिल्ने गरी नयाँ खोप वितरण नीति तय भएको सुपरभाइजर खत्रीले बताउनुभयो ।  

बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले आज र मङ्गलबार ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने जनाएको छ । नगरको स्वास्थ्य शाखा परिसरबाटै खोप सेवा प्रदान हुनेछ । अरु स्थानीय तहले पनि स्थानीय अनुकुलतामा बार तोकेर खोप अभियान सञ्चालन गरिरहेका छन् । स्वास्थ्य कार्यालयको आकडाअनुसार जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । खोपको दुवै मात्रा लगाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ ।

पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने  दुवै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ रहेको छ । बाह्रदेखि १७ वर्षभित्रका झण्डै २७ हजार बालबालिका र किशोरकिशोरीलाई पनि मोडर्ना खोप दिन सुरु गरिएको छ । बाह्र वर्षमुनिका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन । सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने लक्ष्य राखेको छ । सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान चलेमा यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्नेछ ।

खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको स्वास्थ्यकर्मी बताउँछन् । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलका अनुसार पछिल्लो लहरमा कोभिड–१९ ले थलिएर अस्पताल भर्ना हुनेको संख्या न्यून छ । “खोपले शरीरको प्रतिरोधी क्षमता बढाएका कारण सङ्क्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तिएको छैन”, उहाँले भन्नुभयो ।

हाल जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमितको संख्या चार सय ८४ छ । पछिल्ला दिनमा दैनिक थपिने सङ्क्रमितको संख्या घट्दो छ । बिहीबार २२ सङ्क्रमित थपिएका छन् भने ८५ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन