प्राण प्यारी प्रियसी

प्रेमिल सम्झना ।

प्रियसी यतिखेर तिमीलाई पत्र कोरिरहेको मितिसम्म मेरो ढुकढुकी चल्दै छ । तरपनि तिमीले यो पत्र हात पार्ने समयसम्म सायद मेरो सास रहन्छ या रहदैन त्यो त देशलाई कतिखेर मेरो रगतको आवश्यकता पर्छ भन्ने कुरामा भर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्राण प्यारी प्रियसी

प्रेमिल सम्झना ।

प्रियसी यतिखेर तिमीलाई पत्र कोरिरहेको मितिसम्म मेरो ढुकढुकी चल्दै छ । तरपनि तिमीले यो पत्र हात पार्ने समयसम्म सायद मेरो सास रहन्छ या रहदैन त्यो त देशलाई कतिखेर मेरो रगतको आवश्यकता पर्छ भन्ने कुरामा भर"/>

2026-09-26 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी लडाकुको प्रियालाई पत्र

प्राण प्यारी प्रियसी

प्रेमिल सम्झना ।

प्रियसी यतिखेर तिमीलाई पत्र कोरिरहेको मितिसम्म मेरो ढुकढुकी चल्दै छ । तरपनि तिमीले यो पत्र हात पार्ने समयसम्म सायद मेरो सास रहन्छ या रहदैन त्यो त देशलाई कतिखेर मेरो रगतको आवश्यकता पर्छ भन्ने कुरामा भर पर्छ । यतिखेर म लगायत केही कमरेडहरु अपरिचित जङ्गलबिच सेनाको निगरानी र घेराउमा परेका छौ । यहाँबाट भागेर जानु हाम्रोलागी कम चुनौतीपूर्ण छैन । तैपनी हामी हाम्रो बिचारप्रति कटिबद्ध छौ । यदि बिचारप्रति गद्यारी गरेर बाँच्नुभन्दा हामीलाई मृत्यु नै प्यारो छ । त्यसैले तिमी समक्ष पुगे या नपुगेपनि यो पत्र कोरेको छु ।

प्रिया मलाई थाहा छ, म बिहे गरेर तिमीसँग एक महिना बिताउन नपाउँदै त्यही पुरानो झुप्रोमा एक रोगी आमाका साथमा तिमीलाइ छाडेर हामी र हामी जस्ता कैयौं सर्वहारा,मजदुर तथा किसान लगायत उत्पिडित वर्गको मुक्तिका निम्ति हामीजस्ता सोझा साझा जनतालाई ढाल बनाइ पसिना र आलो रगत चुस्न पल्किएका सामन्ति,शोषक बुर्जुवाको घाँटी रेट्न भनि अगाडी बढ्नु मेरो रहर र बाध्यता होइन,। आवश्यकता हो, कर्तब्य हो । जसले राष्ट्रले चाहेको बेला राष्ट्रको निम्ति रगत दिन पछि पर्दैन उ नै राष्ट्रको सच्चा सपुत हैन र ?

प्रिया, तिमीलाई थाहै होला, मेरा बुवाले हजुरबाले ल्याएको ऋण तिर्न नसकेको बहानामा जीवनभर सिरानाघर जिम्मल कहाँ हलि  भएरै बित्नुप¥यो । तिम्री दिदी पटक पटक गाउँकै मुखियाको छोराबाट बलात्कृत हुनुप¥यो र कतैबाट न्यायको मुठी नफुकेकोले अन्ततः  आखिर आँपैm आत्महत्या गर्न बाध्य गराइयो । पल्लाघरे जुठे काकालाई  मन्दिरको आडबाट हिडेर देउता रिसाए भनेर गाँउका टाठा बाठा भनाउँदाले धर्मको नाममा हिजो मन्दिरको जग राख्ने ,उनैका खुट्टा भाँचे । 

हिउँद बर्खा धरो कसेर मुखियाको भकारी भरेर मात्र अझै कति बस्ने ? हामीजस्ता निम्नवर्गीय गरिबहरुको गास लुटेर ती पूँजीपति सामन्ती साहुहरु आफ्नो पेट भर्छन् । ती जस्ता कैयन् पीडाका भारीले हाम्रो शिर माथि उठाउनै दिएन् । अझै यति धेरै अन्याय सहेर यस्तो दर्दनाक वर्गीय, जातीय, धार्मिक लगायतको उत्पीडनमा पिल्सिएर, निसास्एिर कति नै पो बाँच्न सकिन्छ र ? आखिर यो सामन्ती राज्यव्यवस्थाको जरो उखेल्नु नै छ र यसको विकल्प बन्दुकबाहेक अर्को के नै पो छ र ?

तिमी आफै सोच त ।

प्रिया, म र मजस्ता कैयौँ उत्पीडनमा परेका कमरेडहरु यो देशमा यो समाजमा भुमिगत रुपमा यही समाज र राष्ट्रको निम्ती क्रान्ति गरिरहेछन् । “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न अघि बढ्नु हाम्रो युगको आह्वान हो ।” यसै क्रममा हाम्रा धेरै कमरेडहरु प्रतिक्रियावादीहरुको बम र बारुदको निशानामा परिसक्नुभएको छ । उहाँहरुले सर्वाहारा वर्गको हितको लडाईमा सहादत प्राप्त गरिसक्नु भएको छ ।

मेरो रगतको प्रत्येक थोपामा ति निमुखावर्गको आँसु परेको छ । ति सर्वहारावर्गको दुख र पिडाले मेरो मुटु पोलिरहेछ । त्यसैले मृत्युको अन्तिम घडिसम्म पनि विद्रोहले घुँडा टेक्ने छैन, भन्नेमा म दृढ सङ्र्कल्पित छु । जवसम्म यो प्रतिक्रियावादी राज्यसत्ता ध्वंश हुदैन, तबसम्म हाम्रो बिद्रोहको यात्रा जारी रहनेछ ।

मलाई बिश्वाश छ  प्रिया , तिमी कुनै कमजोर नारी होइनौ, । तिमीमा ति सामन्ती राक्षसहरुलाई आफ्नो र धरती माताको अस्मिता सुरक्षार्थ लड्न सक्ने महाशक्ति छ । त्यसैले मैले यदाकदा शाहदत पाइहाले पनि एक थोपा आँसु झार्ने छैनौ ,। 

न त शिरको सिन्दर नै पुछ्ने छौ । हातमा छम्छमी चुरा बजाउँदै , रातो साडिमा यो समाजमाझ बिद्रोह गर्नेछौ । जसरी यो समाजले हाम्री आमाजस्ता कंैयौ नारीहरु चितामा आहातपूर्ण ढङ्गबाट सति हुनबाट रोक्यो त्यसरी नै तिमीलाई पनि वेरङ्गी बिधवा हुनबाट रोक्नुपर्नेछ । जसको सुरुवाती कदम तिमीले नै चाल्नुपर्छ ।

अन्त्यमा प्रिया,

आमाको राम्रो ख्याल राख्नु,। जसले मजस्तो क्रान्तिकारी योद्दा जन्माउँनु भयो । म शहिद भइहालेमा उहाँलाई आँसु झार्न होइन कि गर्वले छाती फुलाउन भन्नु । यदि म मरेको लास पाउन त खोई गा¥है पर्ला तर पनि खवर थाहा पाएमा मेरो क्रियादान र पुजाआजा गर्नु कुनै आवश्यक ठान्दिन । यसको सट्टा बरु कालीगण्डकी किनारमा दिनभर बालुवा चाल्ने र गिटी कुट्ने भोका बालवच्चालाई एक छाक भएपनि पेटभर खान दिनु । तव मेरो आत्माले शान्ति पाउनेछ । 

मलाईं आशा छ अव यो देशले आमूल परिवर्तनको काचुली फेर्ने छ । सामान्त, देशद्रोही, प्रतिक्रियावादी, साम्राज्यवादीहरु परास्त हुनेछन् । शोषक जमिनदारहरुका गरहामा लालझण्डा फहराई सकेपछि किसान क्रान्तिले मूर्त रुप पाउनेछ । यथास्थितिवादी, संशोसनवादीहरु पतन भएर जानेछन् । पूँजीपति वर्गको अधिनायकतत्व छिटै विसर्जन हुनेछ । अतः हाम्रा हजारौ हजार कमरेडहरुको बलिदानीमा आमनेपाली जनताहरुले जनवादी शासनसत्ताको मिठो रसस्वादन लिन पाउनेछन् । आशा छ एकदिन क्रान्तिको अविभारा पुरा हुनेछ । जनवादी क्रान्ति जिन्दावाद ।

 तिम्रो क्रान्तिकारी प्रेमपात्र

 क्रान्तिवीर : शिव संकल्प 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह