भदौ ११, काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले साउदीमा अलपत्र चारजना नेपालीलाई पाउन बाँकी तलव सुविधा दिलाएर तत्काल नेपाल फर्काउन म्यानपावरलाई निर्देशन दिएको छ । ग्रीनल्यान्ड ओभरसिज म्यानपावर सर्भिस प्रालिका सञ्चालकलाई शुक्रबार मन्त्रालयमा बोलाएर नेपाल फर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले साउदीमा अलपत्र चारजना नेपालीलाई पाउन बाँकी तलव सुविधा दिलाएर तत्काल नेपाल फर्काउन म्यानपावरलाई निर्देशन दिएको छ । ग्रीनल्यान्ड ओभरसिज म्यानपावर सर्भिस प्रालिका सञ्चालकलाई शुक्रबार मन्त्रालयमा बोलाएर नेपाल फर"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले दियो साउदीमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन म्यानपावरलाई निर्देशन

११ भाद्र २०७३, शनिबार ०५:५३

भदौ ११, काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले साउदीमा अलपत्र चारजना नेपालीलाई पाउन बाँकी तलव सुविधा दिलाएर तत्काल नेपाल फर्काउन म्यानपावरलाई निर्देशन दिएको छ । ग्रीनल्यान्ड ओभरसिज म्यानपावर सर्भिस प्रालिका सञ्चालकलाई शुक्रबार मन्त्रालयमा बोलाएर नेपाल फर्किन लाग्ने खर्च व्यहोर्न र पाउन बाँकी तलव दिलाउन निर्देशन दिएको छ ।

साउदीको जुबेलस्थित ओकिला घानिम अयादत अल मुतारी कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत काभे्रका टेकनाथ मैनाली, भुवन आचार्य, बुद्धबहादुर थापा र संजय शाहलाई नेपाल फर्कन लाग्ने खर्च म्यानपावरले व्यहोर्ने भएको मन्त्रालयका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए । 

यस्तै म्यानपावरले उनीहरुको पाउन बाँकी तलव दिलाउन कम्पनीसँग कुरा गर्ने पनि बताएको छ । पीडित कामदारको उद्धारमा दूतावासले चासो नदिएको आफन्तको गुनासोपछि मन्त्रालयले टेलिफोन गरेर तत्काल उद्धारको प्रक्रिया थाल्न दुताबासलाई निर्देशन  दिएको छ । 

दूतावासलाई आवश्यक प्रक्रिया पुरा गरेर उनीहरुलाई नेपाल फर्काउन भनिएको छ । २०७२ सालको असोजमा प्लम्बरको काममा साउदी गएपनि उनीहरुले सडक मर्मतको काम गर्नु परेको थियो । तर गएको चार महिनादेखि काम र तलव पाएका छैनन् । अलपत्र परेपछि साउदीस्थित नेपाली दूतावासमा फोन गरेपनि दूतावासले बेवास्ता गरेको पीडितको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य