जबकि यतिखेर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान गर्ने सबै विमान फ्रान्समा निर्मित एअरबस कम्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जबकि यतिखेर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान गर्ने सबै विमान फ्रान्समा निर्मित एअरबस कम्प"/>
2026-09-19 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपको आकाशमा नेपाललाई कहिलेसम्म प्रतिबन्ध ?

चैत ६, काठमाडौँ । युरोपको आकाशमा नेपालको राष्ट्रिय ध्वजावाहक विमानले उडान भर्न पाउँदैनन् । यो प्रतिबन्ध सन् २०१३ देखि लगाइएको हो । 

जबकि यतिखेर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान गर्ने सबै विमान फ्रान्समा निर्मित एअरबस कम्पनीका हुन् । त्यहि युरोपमा बनेको विमान किन्न हुने,तर उनीहरुको आकाशमा उडाउन नपाइने लंगडो खालको प्रतिबन्धले नेपालको हवाई र पर्यटन क्षेत्रमा सोझो असर परेको छ ।

पछिल्ला दिन युरोपियन युनियनले लगाएको उक्त प्रतिबन्ध हटाउने बारेमा भएको पहल निकै अगाडि बढेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपानेले बताएका छन् । जनआस्थासँगको कुराकानीमा उनले भने, ‘उनीहरुले प्रतिबन्ध हटाउनेबारेमा सकारात्मक छौं भनेका छन् ।’

यता नेपालको नागरिक उड्डयनसम्बन्धी नियामक निकायमा रहेको दोहोरो मापदण्डका कारण हवाई सुरक्षामा प्रगति हुन नसकेको इयुको ठहर छ । त्यसैले हालको नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरेर इजाजत र अनुगमन गर्ने दुई छुट्टै निकाय हुनुपर्ने उसको पहिलो शर्त देखिन्छ ।

तर यता प्राधिकरणका कर्मचारीहरुले अड्डा विभाजन गर्न चाहेका छैनन् । त्यसो नगर्न चेतावनी दिँदै कार्यरत कर्मचारी युनियनहरुले आन्दोलन गरिरहेका छन् । कर्मचारीको समस्या समाधान गर्दै प्राधिकरण टुक्राउने कार्यमा निकै सफलता प्राप्त हुन लागेको पर्यटन मन्त्रालयले बताएको छ ।

सर्प मर्ने,लठ्ठी पनि नभाँचिने उपाय अपनाएर उक्त समस्या समाधान गर्न लागिएको स्रोतको दाबी छ । कर्मचारीहरुले विशेषगरी अवसर र वृत्ति विकासमा असर नपुर्याउन आग्रह गरेकाले सबैको सहयोगमा लगभग समस्या समाधानको नजिक पुग्न लागिएको प्राधिकरणको उच्च स्रोतले पनि स्वीकारेको छ ।

नयाँ उपायस्वरुप विशेषगरी प्राविधिक कर्मचारीहरुलाई अहिले कार्यरत ठाउँमा नै जो जहाँ छ,त्यहि अवस्थामा राख्ने निर्णय प्राधिकरणले गरिसकेको छ । पछिल्लो समयमा कर्मचारी जुन विभाग वा फाँटमा बसेका हुन् उनीहरुलाई त्यहिँ राख्ने र यताउता गर्न नपाइने भनिएपछि अहिले सबैले मौन समर्थन जनाएको बताइन्छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो