2026-09-19 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्ने कोठामा स्मार्टफोन चार्ज गर्दा मोटोपना बढ्ने र मधुमेहको रोग निम्तिने दावी

चैत ६, काठमाडौँ । एक अध्ययनले सुत्ने कोठामा स्मार्टफोन चार्ज गर्दा मोटोपना बढ्ने र मधुमेहको रोग निम्तिन सक्ने निष्कर्ष निकालेको छ ।

बेलायती वैज्ञानिकहरूले तयार पारेको सो रिपोर्टमा अँध्यारोमा सुत्दा शरीरमा मेलाटोनिन उत्पादन हुने र यसले मानव शरिरमा मेटाबोलिजम बढाएर राम्रो निन्द्रा लाग्न मद्दत गर्ने उल्लेख गरेको छ ।तर यदि तपाईं आफूले सुत्ने कोठामा मोबाइल फोन वा ट्याब्लेट चार्ज गर्नुहुन्छ भने, यसले शरीरमा मेलाटोनिनको स्रावलाई असर गर्ने र यसको परिणाम स्वरुप मेटाबोलिजम असन्तुलन हुँदा मोटोपना र मधुमेहजस्ता लक्षण देखापर्ने बताइएको छ ।

स्ट्यान्डबाइ अवस्थामा मोबाइल फोनको इलेक्ट्रोम्याग्नेटिक रेडियसन भ्यालु (मोबाइलमा भएको विद्युतीय चुम्बकले पैदा गर्ने विकिरणको मानक) २.३ मिलिगस हुने अध्ययनले दाबी गरेको छ, जुन भ्यालु मोबाइल चार्जको अवस्थामा हुँदा बढेर ३.४ मिलिगस हुन्छ ।

साथै ५ सेन्टिमिटर, १० सेन्टिमिटर र १५ सेन्टिमिटरको दूरीमा रहेको मोबाइल फोनको इलेक्ट्रोम्याग्नेटिक रेडियसन भ्यालु विद्युत चुम्बकीय विकिरण मानहरू क्रमशः १, ०.५ र ०.३ मिलिगस हुने गर्छ ।

यसको अर्थ मोबाइल फोनको रेडियसन भ्यालु फरक समयमा फरक-फरक हुन्छ । मोबाइल नचलाउँदा र मोबाइल चलेको अवस्थामा यसको रेडियसन भ्यालु फरक हुन्छ । अर्थात् तपाईं मोबाइल फोनबाट जति टाढा हुनुहुन्छ यसको इलेक्ट्रोम्याग्नेटिक रेडियनको असर त्यति नै कम हुन्छ ।

त्यसैले, अनुसन्धानकर्ताहरूले सुत्ने बेलामा आफ्नो मोबाइल फोन बन्द गर्न सुझाव दिएका छन् । यदि तपाईं यो गर्न सक्नुहुन्न भने आफ्नो मोबाइल फोन सुत्ने कोठामा चार्ज गर्दा आफू उक्त कोठामा नबस्नुहोस् ।

जब स्मार्टफोन चार्जमा हुन्छ, यसले थोरै मात्रामा भएपनि इलेक्ट्रोम्याग्नेटीक  रेडियसन उत्पन्न गर्दछ। यदि तपाइँ कुनै डिभाइस प्रयोग गरिरहनुभएको छैन भने पनि उक्त डिभाइसले रेडियन उत्पन्न गरिरहेकै हुन्छ ।

यसबाहेक, तपाईंले सुत्नुअघि अन्य डिभाइसहरू पनि अनप्लग गर्नु उपयुक्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो