२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्ने कोठामा स्मार्टफोन चार्ज गर्दा मोटोपना बढ्ने र मधुमेहको रोग निम्तिने दावी

६ चैत्र २०७८, आईतवार ०६:२७

चैत ६, काठमाडौँ । एक अध्ययनले सुत्ने कोठामा स्मार्टफोन चार्ज गर्दा मोटोपना बढ्ने र मधुमेहको रोग निम्तिन सक्ने निष्कर्ष निकालेको छ ।

बेलायती वैज्ञानिकहरूले तयार पारेको सो रिपोर्टमा अँध्यारोमा सुत्दा शरीरमा मेलाटोनिन उत्पादन हुने र यसले मानव शरिरमा मेटाबोलिजम बढाएर राम्रो निन्द्रा लाग्न मद्दत गर्ने उल्लेख गरेको छ ।तर यदि तपाईं आफूले सुत्ने कोठामा मोबाइल फोन वा ट्याब्लेट चार्ज गर्नुहुन्छ भने, यसले शरीरमा मेलाटोनिनको स्रावलाई असर गर्ने र यसको परिणाम स्वरुप मेटाबोलिजम असन्तुलन हुँदा मोटोपना र मधुमेहजस्ता लक्षण देखापर्ने बताइएको छ ।

स्ट्यान्डबाइ अवस्थामा मोबाइल फोनको इलेक्ट्रोम्याग्नेटिक रेडियसन भ्यालु (मोबाइलमा भएको विद्युतीय चुम्बकले पैदा गर्ने विकिरणको मानक) २.३ मिलिगस हुने अध्ययनले दाबी गरेको छ, जुन भ्यालु मोबाइल चार्जको अवस्थामा हुँदा बढेर ३.४ मिलिगस हुन्छ ।

साथै ५ सेन्टिमिटर, १० सेन्टिमिटर र १५ सेन्टिमिटरको दूरीमा रहेको मोबाइल फोनको इलेक्ट्रोम्याग्नेटिक रेडियसन भ्यालु विद्युत चुम्बकीय विकिरण मानहरू क्रमशः १, ०.५ र ०.३ मिलिगस हुने गर्छ ।

यसको अर्थ मोबाइल फोनको रेडियसन भ्यालु फरक समयमा फरक-फरक हुन्छ । मोबाइल नचलाउँदा र मोबाइल चलेको अवस्थामा यसको रेडियसन भ्यालु फरक हुन्छ । अर्थात् तपाईं मोबाइल फोनबाट जति टाढा हुनुहुन्छ यसको इलेक्ट्रोम्याग्नेटिक रेडियनको असर त्यति नै कम हुन्छ ।

त्यसैले, अनुसन्धानकर्ताहरूले सुत्ने बेलामा आफ्नो मोबाइल फोन बन्द गर्न सुझाव दिएका छन् । यदि तपाईं यो गर्न सक्नुहुन्न भने आफ्नो मोबाइल फोन सुत्ने कोठामा चार्ज गर्दा आफू उक्त कोठामा नबस्नुहोस् ।

जब स्मार्टफोन चार्जमा हुन्छ, यसले थोरै मात्रामा भएपनि इलेक्ट्रोम्याग्नेटीक  रेडियसन उत्पन्न गर्दछ। यदि तपाइँ कुनै डिभाइस प्रयोग गरिरहनुभएको छैन भने पनि उक्त डिभाइसले रेडियन उत्पन्न गरिरहेकै हुन्छ ।

यसबाहेक, तपाईंले सुत्नुअघि अन्य डिभाइसहरू पनि अनप्लग गर्नु उपयुक्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही