भदौ १३, मलेसिया । कम्पनीले माग पूरा गर्ने आश्वासन दिएपछि मलेसियाको ए वान ग्लोभ कम्पनीमा कार्यरत मजदुरहरु काममा फर्किएका छन् । क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, मलेसिया । कम्पनीले माग पूरा गर्ने आश्वासन दिएपछि मलेसियाको ए वान ग्लोभ कम्पनीमा कार्यरत मजदुरहरु काममा फर्किएका छन् । क"/>
३० कार्तिक २०८१, शुक्रबार
काठमाडौँ - KTM

मलेसियामा रहेका नेपाली कामदारले कम्पनि मालिकलार्इ यसरी झुक्न बाध्य बनाए !

१३ भाद्र २०७३, सोमबार १२:१०

भदौ १३, मलेसिया । कम्पनीले माग पूरा गर्ने आश्वासन दिएपछि मलेसियाको ए वान ग्लोभ कम्पनीमा कार्यरत मजदुरहरु काममा फर्किएका छन् । कम्पनीका अन्य मजदुरहरुलाई भड्काएको आरोपमा तीन नेपालीसहित पाँच पाकिस्तानी मजदुरलाई प्रहरीले पक्राउ गरेपछि अन्य मजदुरहरु आन्दोलित बनेका थिए ।

सहमतिपछि मजदुरको होष्टलमा बिजुली पनि जोडिएको छ । मजदुरले ५ दिनदेखि होष्टलमा बिजुली प्रयोग गर्न पाएका थिएनन् । पक्राउ पर्ने नेपाली मजदुरमा बुटवलका अनिल थापा क्षेत्री, प्युठानका भीम पुनमगर र बाराका रामकिशोर हरिजन रहेका छन् । उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरिएको थियो ।

मलेसिया सरकारले लागू गरेको न्युनतम पारिश्रमिक पाउनुपर्ने, होस्टलको सेवा सुविधामा कम्पनीले ध्यान दिनुपर्ने, स्वास्थ्य उपचारको उचित व्यवस्था हुनुपर्ने लगायतका माग राखी एक महिना अगाडि श्रमिकहरुले कम्पनी प्रशासनलाइ जानकारी गराएका थिए । तर कम्पनीले भने मागहरुलाई वेवास्ता गरेको कारण आन्दोलनमा जानुपरेको  उनीहरुले वताए ।

केहि दिन अगाडि आन्दोलन गरे लगत्तै कम्पनीले होस्टलको पानी वत्ती काटिदिएको थियो । प्रहरी आएपछि भने पुन सुचारु गरिदिएको थियो । शनिवार दिउँसो पनि करीव दुई वजेवाट होस्टलको वत्ती र पानी समेत काटिएको थियो वार्ता पछि भने वत्ति पानी पुन सुचारु गरिदिएको छ । कम्पनीमा करीव तीन सय नेपालीहरु कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ? चार संसदीय समितिको बैठक आज बस्दै चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ६ जना गम्भीर घाइते सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर दार्चुलामा जीप दुर्घटना: ६ जनाको ज्यान गयो आजको मौसमः देशको अधिकांश भागमा मौसम सफा रहने जोखिमपूर्ण श्रमबाट एकजना र असुरक्षित बाल गृहबाट ११ बालबालिकाको उद्धार सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेट टोलीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने नेपाली यू–१९ महिला क्रिकेट टिम आज स्वदेश फर्कदैँ डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्री राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : अध्यक्ष नेपाल राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच बाकुमा भेटवार्ता सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी दुर्घटना गरेका झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी