भदौ १४, सर्लाही ।

‘एक पटक माक्र्स उतार्नु न एउटा फोटो खिचौँ’ मैले भने ।

‘मलाई अनुहार देखाउन मन लाग्दैन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, सर्लाही ।

‘एक पटक माक्र्स उतार्नु न एउटा फोटो खिचौँ’ मैले भने ।

‘मलाई अनुहार देखाउन मन लाग्दैन"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरो कहानी केहिलाई थाहा छ त्यो कुनै न कुनै दिन सबैलाई थाहा होला तर अनुहार देखाउन मन लाग्दैन’

१४ भाद्र २०७३, मंगलवार १२:२५

भदौ १४, सर्लाही ।

‘एक पटक माक्र्स उतार्नु न एउटा फोटो खिचौँ’ मैले भने ।

‘मलाई अनुहार देखाउन मन लाग्दैन’ उहाँले यसो भन्दा मलाई अचम्म लाग्यो । 

‘किन र ? फोटो खिचेपछि लगाइहाल्नु होला नी’  

‘मेरो कहानी केहिलाई थाहा छ त्यो कुनै न कुनै दिन सबैलाई थाहा होला तर अनुहार देखाउन मन लाग्दैन’ गंगाले भन्नुभयो ।

सर्लाही अत्रौली–३ की गंगा लामाको मुखबाट दिनभरी नै माक्र्स निस्कँदैन । उहाँलाई माक्र्सबिना देख्न मुस्किल छ । त्यसैले माक्र्स बिनाको उहाँको फोटो खिच्ने मेरो योजना सफल भएन । गंगाकै ई–रिक्सामा केहिबेर यात्रा गरेपछि उहाँको जीवनका लुकेका केही कुरा भने जान्न पाएँ । 

पाँच जनाको घर चलाउन निक्कै मुस्किल पर्न थालेपछि गगां के गरी जीवन चलाउने भन्ने सोच्न थाल्नुभयो । त्यसैले विदेश गए त अवस्था सुध्रिन्छ कि भन्ने आशामा गंगाले हरिवनमा रहेको ईलाका प्रसाशन कार्यालयबाट एमआरपी बनाउनुभयो अनि विदेश पठाइदिने व्यक्ति खोज्न थाल्नुभयो । एमआरपी बनाएको ६ महिना पछि एक जना महिला एजेन्टलाई फेला पारेकी गंगालाई उनले ६ महिनामै काठमाण्डौं पुर्‍याइन । ‘त्यति बेला घरकाले मलाई यति सानै उमेरमा विदेश जानु हुँदैन भनेका थिए’ गंगा भन्नुहुन्छ, ‘तर घरको अवस्थाले गर्दा कसैको कुरा सुन्नै मन लागेन ।’ 

पासपोर्ट जिम्मा लिने महिलाले इजिप्टको भिसा लागेको भन्दै बोलाएपछि गंगा काठमाडौं त पुग्नुभयो तर दलालले नेपालको बाटो झन्झटिलो हुन्छ भन्दै भारतबाट जानेपर्ने बताए । त्यसपछि गंगालाई उहाँले चिनेकै एक जना भाइको साथ लाएर भैरहवाको सुनौली पठाइदिइन् दलालले । ती महिलाले भारतको बाटो हुँदै जाने भनेर भैरहवा पुर्‍याउँदा पनि गंगालाई आफूलाई अवैधानिक रुपमा पठाइँदैछ भन्ने हेक्कै भएन । 

नेपाल प्रहरी र माइती नेपालको नवलपरासी शाखाले पक्रिएपछि भने गंगा निद्राबाट व्युँझे जस्तै हुनुभयो । पाँच दिन त उहाँलाई प्रहरीले हिरासतमै राख्यो तर पछि पुर्‍याउन जाने युवकलाई राखेर उहाँलाई छोडिदियो । 

गंगा घर फर्किएको केही दिनमै क्यान्सर पीडित आमाको निधन भयो ।  विदेश जान हिँड्ने बेलामा कलिलै उमेर नजा भन्ने आमा गुमाउँदा केही दिन त गंगाले आफूलाई  सम्हाल्न सक्नुभएन ।

यसरी सुरु भयो ई रिक्सा चलाउने काम 

‘संधै शोकमा बसेर केही हुन्न भन्ने लाग्यो त्यसैले केही गर्नु पर्छ भन्ने त सोचें । तर के गर्ने निधो गर्न सकेको थिइन’ गंगाले भन्नुभयो । त्यही बेला एक जना आफन्तले ई रिक्सा चलाउने सुझाव मात्रै दिनुभएन, किन्न सहयोग पनि गर्नुभयो । त्यसैले एक महिना अघि सुरु गर्नुभयो ई रिक्सा चलाउन । बजारमा ई रिक्सा कुदाउने महिला त अरु पनि छन् तर गाउँमा छैनन् । त्यसैले सुरुमा निक्कै गाह्रो भयो उहाँलाई । 

तर एक महिनामा अहिले त उहाँलाई बानी पर्न थालेको छ । ‘एक दुई दिनसम्मको अप्ठेरो विस्तारै कम हुँदै गएको छ’ गंगा भन्नुहुन्छ । बाध्यताले सुरु गरेको ई रिक्साले अहिले त दिनको एक हजारदेखि १५ सय कमाई पनि हुन थालेको छ । त्यसैले उहाँ खुसी हुनुहुन्छ अनि एक वर्षअघि देखेको इजिप्टको सपना आफ्नै गाउँमा, त्यो पनि ई रिक्साबाटै पूरा गर्ने प्रयास गर्दै हुनुहुन्छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान