१६ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनमा समाजवादी ‘बाइपास’ ६५ भन्दा बढी जिल्लामा काँग्रेस–माओवादीले मात्रै तालमेल गरे : डा. विजय पौ

१० बैशाख २०७९, शनिबार १०:३५

वैशाख १०, काठमाडौँ | स्थानीय तह निर्वाचनमा देशभर पाँच दलीय गठबन्धन गरेर चुनाव लड्ने सैद्धान्तिक सहमति गरे पनि मतदान मिति नजिकिँदै जाँदा गठबन्धनमा उक्त सहमति कार्यान्वयन नहुने देखिएको छ ।

नेकपा समाजवादीका नेताहरूले महानगर र उपमहानगरबाहेकका स्थानीय तहमा काँग्रेस माओवादी एकातिर र समाजवादी अर्कोतिर हुँदै गएको बताएका छन् । उनीहरूले सहमति कार्यान्वयनमा काँग्रेस माओवादी जिम्मेवार नभएको समेत आरोप लगाएका छन् । काँग्रेस–माओवादीले बेवास्ता गर्दा माधव नेपाल नेतृत्वको नेकपा समाजवादी नगर र पालिका तहमा एक्लिनुका साथै काँग्रेस–माओवादी एकातिर र समाजवादी अर्कोतिर हुन पुगेका हुन् ।

शनिबार दिउँसोसम्मको अवस्थामा ७७ जिल्लामध्ये आठ–दशवटा बाहेकका जिल्लामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचमात्रै तालमेल भएको छ । नेकपा एकीकृत समाजवादीका नेता डा. विजय पौडेलले ६५ भन्दा बढी जिल्लामा काँग्रेस र माओवादीको मात्रै गठबन्धन बनेको जानकारी । उनले काठमाडौँ, कास्की, धनुषा, वीरगञ्ज, मोरङ, मकवानपुर, दोलखा, चितवन, दाङ, अर्घाखाँची लगायतका केही जिल्लामा सहमति जुटे पनि बाँकी जिल्लामा आफ्नो पार्टी एक्लै चुनाव लड्न लागेको बताए ।

'देशका धेरै जिल्लामा काँग्रेस र माओवादी मिलेर समाजवादीलाई एक्ल्याएका छन्' नेता पौडेलले भने, '६५ भन्दा बढी जिल्लामा काँग्रेस र माओवादीकोमात्रै तालमेल भएको र ती जिल्लामा हामीलाई बाहिर राखेको पाइएको छ ।’

उनले माओवादीका कारण समाजवादी बाहिर परेको समेत गुनासो गरे । ‘खासगरी माओवादीका साथीहरू काँग्रेससँग मिलेपछि जितिहालिन्छ, अनि समाजवादी लतारिन्छ भन्नेमा गए’, उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘समाजवादीलाई न्याकिहालिन्छ भन्ने देखियो ।’

उनले तालमेल हुन नसकेका जिल्लामा समाजवादी एक्लै चुनावी प्रतिस्पर्धामा जाने पनि बताए । ‘हामी गठबन्धनभन्दा बाहिर मिल्दैनौँ, तर यो भित्र तालमेल नभएपनि हामी खाली बस्दैनौँ, सबै ठाउँमा हाम्रो उम्मेदवारी दिन्छौ ।’

नेकपा स्थापना दिवसका अवसरमा शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनमा जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाए । उनले २०७४ को चुनावमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दाबी लाग्ने सहमति भए पनि त्यसअनुसार जिल्ला तहको सिट बाँडफाँड नभएको भन्दै असन्तुष्टि पोखेका हुन् ।  ‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरूको बाँडफाँड उत्साहवर्धक थियो’, नेपालले भने, ‘तर विभिन्न जिल्लाको रिपोर्ट सुन्दाखेरी त्यति आशावादी÷उत्साही हुने स्थिति छैन । अध्यक्ष नेपालको यो भनाइबाट पनि देशका अधिकांश जिल्लामा गठबन्धनबीच भएको सहमति कार्यान्वयन नभएको भन्ने प्रस्ट हुन्छ ।

गठबन्धनमा स्थानीय तहको सिट बाँडफाँडप्रति माधव नेपालको असन्तुष्टि


नेकपा समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनभित्रकै कतिपय पार्टीहरूमा समेत अहङ्कार देखिएकाले सहमतिअनुसार तालमेल हुन नसकेको निषेध गरेको प्रतिक्रिया दिए ।

'माओवादी पक्षबाट हामीलाई निषेध गर्ने काम भइरहेको छ’, खतिवडाले रातोपाटीसँग भने, ‘माओवादी केन्द्रले हामीलाई ‘राइभल’ शक्तिका रूपमा लिएन ।' तर काँग्रेस र माओवादीका नेताहरुले भने समाजवादीले हैसियतभन्दा बढी सिट मागेकाले तालमेल हुननसकेको दाबी गरेका छन् ।

नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ भन्छन्, ‘समाजवादीको व्यवस्थापकीय समस्या छ । एमालेबाट छुट्टिएर आएकाले मतलाई मिलाउने अवस्था छैन । अहिले आएको संख्यालाई दिने कुरा भयो । अर्को कुरा व्यवहारिक समझदारी गरेर उहाँहरुले दिएको साथलाई महत्वपूर्ण रुपमा हामी सँगै जानुपर्ने भएको छ । उहाँहरुले पनि आफ्नो मतलाई हेर्नुपर्‍यो । भोलि उहाँहरुलाई दिएको सिट ‘लुज’ भएर एमाले जित्ने अवस्था भयो भने गठबन्धनमा समस्या आउँछ । त्यसैले उहाँहरु संवेदनशील भइदिनुभयो भने अगाडि बढ्न सजिलो हुन्छ । बरु भोलि प्रदेश र प्रतिनिधिसभाको सांसदमा उहाँहरुलाई प्राथमिकता दिन सकिन्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या सुन तस्करीमा संलग्न महरा थुनामुक्त सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ खाना पकाउने क्रममा कुकर पड्किँदा घाइते भएकी महिलाको मृत्यु कांग्रेस–एमालेबीचको सहकार्य ०८४ सम्मै रहन्छ : ईश्वर पोखरेल