१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दैलेखमा सत्ता साझेदार दलहरूको भागबण्डा टुंगियो

११ बैशाख २०७९, आईतवार १२:१२

वैशाख ११, सुर्खेत | वैशाख ३० गते  हुने स्थानीय तहको निर्वाचनका लागि दैलेखमा सत्ता साझेदार दलहरूबीच गठबन्धन गरेर अघि बढ्ने सहमति भएको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा २०७४ मा शून्यमा रहेको नेकपा माओवादी केन्द्रले दुई वटा पालिकामा प्रमुख र चारवटामा उपप्रमुख पाएको छ  ।

नेपाली कांग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख पाएको छ  भने एकीकृत समाजवादीले ३ वटा प्रमुख र दुईवटा उपप्रमुख पाएको छ ।

लामो समयदेखि सहमतिको प्रयास भए पनि आज मात्रै भागबण्डा मिलेको हो । औपचारिक घोषणा भने हुन सकेको छैन । गठबन्धन दलको बैठकले पालिकाको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाएको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । यस्तै महाबु गाउँपालिकामा अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको स्रोतले जनाएको छ ।

यस्तै नौमूले गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसलाई भाग पर्दा नेकपा एकीकृत समाजवादी भागमा उपाध्यक्ष परेको छ । भगवतीमाई गाउँपालिकाको अध्यक्ष भने नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ ।

यस्तै डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ । यस्तै गुराँस गाउँपालिकामा पनि अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ । त्यसैगरी दुल्लु नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

त्यस्तै भैरवी गाउँपालिकाको अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ ।

ठाटीकाँध गाउँपालिकाको अध्यक्ष भने नेकपा माओवादी केन्द्रलाई भाग पर्दा उपाध्यक्ष नेपाली कांग्रेसले पाउने स्रोतले जनाएको छ । त्यस्तै आठबीस नगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउँदा नेकपा माओवादी केन्द्रले उपमेयर पाउने निश्चित जस्तै भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार