२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दैलेखमा सत्ता साझेदार दलहरूको भागबण्डा टुंगियो

२०७९, ११ बैशाख आईतवार १२:१२

वैशाख ११, सुर्खेत | वैशाख ३० गते  हुने स्थानीय तहको निर्वाचनका लागि दैलेखमा सत्ता साझेदार दलहरूबीच गठबन्धन गरेर अघि बढ्ने सहमति भएको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा २०७४ मा शून्यमा रहेको नेकपा माओवादी केन्द्रले दुई वटा पालिकामा प्रमुख र चारवटामा उपप्रमुख पाएको छ  ।

नेपाली कांग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख पाएको छ  भने एकीकृत समाजवादीले ३ वटा प्रमुख र दुईवटा उपप्रमुख पाएको छ ।

लामो समयदेखि सहमतिको प्रयास भए पनि आज मात्रै भागबण्डा मिलेको हो । औपचारिक घोषणा भने हुन सकेको छैन । गठबन्धन दलको बैठकले पालिकाको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाएको स्रोतले जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । यस्तै महाबु गाउँपालिकामा अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको स्रोतले जनाएको छ ।

यस्तै नौमूले गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसलाई भाग पर्दा नेकपा एकीकृत समाजवादी भागमा उपाध्यक्ष परेको छ । भगवतीमाई गाउँपालिकाको अध्यक्ष भने नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ ।

यस्तै डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ । यस्तै गुराँस गाउँपालिकामा पनि अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ । त्यसैगरी दुल्लु नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

त्यस्तै भैरवी गाउँपालिकाको अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ ।

ठाटीकाँध गाउँपालिकाको अध्यक्ष भने नेकपा माओवादी केन्द्रलाई भाग पर्दा उपाध्यक्ष नेपाली कांग्रेसले पाउने स्रोतले जनाएको छ । त्यस्तै आठबीस नगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउँदा नेकपा माओवादी केन्द्रले उपमेयर पाउने निश्चित जस्तै भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु