२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजारमा ग्यासको अभाव कायमै, सहज हुन अझै एक साता

२०७९, १४ बैशाख बुधबार ०६:३३

वैशाख १४, काठमाडौं | बजारमा यतिबेला खाना पकाउने ग्यासको अभाव छ। गत महिना राष्ट्रिय पेट्रोलियम संस्थागत समन्वय समितिले १० दिनसम्म ढुवानी रोकेका कारण यतिबेला बजारमा ग्यासको अभाव भएको हो।

व्यवसायीले पेट्रोल-डिजेलको मूल्य बढाउँदा नै ढुवानी भाडासँगै  समायोजन गर्नु पर्ने माग राखेर पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए। यसैको 'साइड इफेक्ट' स्वरुप यतिबेला उपभोक्ताले ग्यास खरिद गर्नका लागि साता दिनसम्म कुर्नुपर्ने अवस्था आएको छ।

दुई/चार दिनमा बजारमा ग्यासको अभाव हट्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मालीले बताए। गत चैतमा पेट्रोलियम पदार्थको आपूर्ति रोकिएको थियो। त्यसले गर्दा अहिले ग्यासको अभाव भएको छ।

अहिले ग्यासको आयात बढेर आउन थालेको छ। जसमा पहिलेभन्दा २० प्रतिशत बढी आयात भइरहेको छ।

हाल दैनिक १२० देखि १२५ वटा ग्यासको बुलेट आइरहेको छ। यसअघि ८० देखि ८५ वटा आउने गरेको थियो। गत महिना एक साताभन्दा बढी समय ग्यासको आपूर्ति रोकिएको हुँदा केही समयको लागि परिमाण थप गरेर ल्याउन थालिएको उनले बताए। 

अबको साता दिनभित्र उपभोक्ताले सहज रुपमा ग्यास पाउने नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए। ग्यासको आयात दैनिक रुपमा भइरहेको जानकारी दिए। 

निगमले यो महिनालाई करिब ५० मेट्रिक टन ग्यासको पीडीओ जारी गरेको छ। जसमा २२ तारिखसम्म करिब ३२ देखि ३३ मेट्रिक टन ग्यासको पीडीओ गइसकेको छ। 

अहिले ग्यास खपतका हिसाबले 'अफ सिजन' हो। त्यसले गर्दा अबको केही दिनमा ग्यास आपूर्ति सहज हुने निगमले जनाएको छ। बजारमा ग्यासको अभाव सिर्जना भएकोले वाणिज्य विभाग र निगमले बजार अनुगमन गरिरहेको बताएका छन्। 

आपूर्ति कम भएकोले ग्यासको अर्डर धेरै आएको एभरेष्ट ग्यासका संचालक शिवप्रसाद घिमिरेले बताए। भारतले ग्यास लोड गर्न नदिएकाले अभाव हुन गएको उनको भनाइ छ। अहिले ग्यास आउने क्रम सुरु भएकाले करिब दुई सातामा बजारमा आपूर्ति सहज हुने उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु