२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० मिटर अग्लो पर्खालबाट आमाछोराले हामफाले, आमाको घटनास्थलमै मृत्यु

२०७९, १५ बैशाख बिहीबार ०७:१५

वैशाख १५, काठमाडौँ | भक्तपुरको मध्यपुर थिमिमा पर्खालबाट हामफाल्दामा एक महिलाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका-५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको हो । उनीसँगै हाम फालेका ४९ वर्षीष छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् । 

बुधबार राति साढे १० बजेतिर आमाछोराले पर्खालमा चढेर हामफालेका थिए । मनमायाको घटनास्थलमै मृत्यु भएको हो । छोरा मातुरामको भने मध्यपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 

उनीहरू बस्ने डेरा नजिकै रहेको पिपलको रूखमा झण्डै ५० मिटर अग्लो पर्खाल लगाइएको छ । सोही पर्खालमा चढेर दुवै जनाले हाम फालेका हुन् । 

मोरङको सुन्दर हरैचा नगरपालिका- ९ विराटचोक घर भई हाल कमेरेटारमा डेरा गरी बस्दै आएका थिए । लामो समयदेखि डिप्रेशनको औषधि खाइरहेका थिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु