२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोसपाले सार्वजनिक गर्यो घोषणापत्र, भन्यो– नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन

२०७९, १६ बैशाख शुक्रबार ०८:३२

वैशाख १६, काठमाडौं | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शुक्रबार घोषणापत्र सार्वजनिक गरेको छ । 

घोषणापत्रमा लोसपाले नेपाल एक बहुराष्ट्रिय मुलुक भएको जनाएको छ । नेपालको विविधता नेपालको सौन्दर्य मात्र नभई नेपालको शक्ति पनि भएको लोसपाले बताएको छ । 

‘तर विडम्बना, विविधतायुक्त  नेपालको यो सौन्दर्यलाई रुचाउन नसकेका, विविधतामा अन्तरनिहित नेपालको यो शक्तिलाई मनन् गर्न  नसकेका र नेपाललाई सबैको साझा बनाउने र नेपालप्रति सबैमा अपनत्व जगाउनुको सट्टा केही पक्ष र पात्रहरुद्वारा नेपालको विविधताभित्र विभेद, विद्वेष र विभक्तिको खेल खेली नेपालको अद्वितीय सामाजिक विन्यासलाई कुरुप पार्ने चेष्टा गरियो । फलस्वरुप, नेपाल भौगोलिक रुपमा एक भएता पनि यो भावनात्मक रुपमा एक हुन सकेन,’ लोसपाले घोषणापत्रमा भनेको छ । 

घोषणापत्रमा नेपालको लागि सबैभन्दा ठूलो चुनौती सबै अटाउने साझा राष्ट्रवादको भावनाका साथ एक समृद्ध लोकतान्त्रिक राजनीतिक प्रणाली निर्माण गर्नु रहेको उल्लेख गरिएको छ । 

मुलुकको क्षेत्रीय, सामुदायिक, धार्मिक र जातीय विविधता एवम् भौगोलिक र अन्य कारणले फरक हुन गएका राष्ट्रहरुलाई एकै राज्यमा स–सम्मान आत्मसात् गर्दै राष्ट्र–राज्य निर्माणको दिशामा अग्रसर हुनुपर्ने लोसपाले जनाएको छ । 

‘असमावेशीताले असमानता, असमानताले विद्रोह र विद्रोहले अस्थिरतालाई जन्म दिन्छ,’ घोषणापत्रमा भनिएको छ । 

नेपालको वर्तमान संविधानले समावेशितालाई सैद्धान्तिक रुपमा स्वीकार गरेता पनि परम्परागत विभेदकारी राज्य–व्यवस्था, अहंकारी शासकवर्ग, पूर्वाग्रही प्रशासन र अझैसम्म अस्तित्वमा रहेको जातीय संकीर्णताका कारणले समावेशिताको यात्रा लक्ष्य अनुरुप अघि नबढेको लोसपाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी