२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन जिते सरकारी सुविधा नलिने राप्रपा उम्मेवदारको घोषणा

२०७९, १८ बैशाख आईतवार ०८:२५

वैशाख १८, काठमाडाैं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष पदका उम्मेदवार मदन चाम्लिङले निर्वाचन जितेपछि तलब नलिने र सरकारी गाडी पनि प्रयोग नगर्ने घोषणा गरेका छन् ।

उनले इमान्दार भएर जनताको पक्षमा काम गर्ने प्रतिबद्धता पनि जनाए । 

‘स्थानीय जनता र गाउँठाउँको हितमा म इमान्दार भएर काम गर्नेछु । भ्रष्टाचाररहित सुशासन कायम गर्नेछु,’ चाम्लिङले चुनावी सभालाई सम्बोधन गर्दै आइतबार भने, ‘पदीय जिम्मेवारी पूरा गर्ने क्रममा गाउँपलिका अध्यक्षको तलब नलिने र सरकारी सवारी साधन प्रयोग नगर्ने मैले निश्चय गरेको छु । मुलतः जिम्मेवार स्थानीय तह स्थापना गर्नेछु ।’ 

राप्रपाका तर्फबाट कुम्मायक गाउँपालिका उपाध्यक्षका उम्मेदवार रोशिना बोहोराले विपन्न र जेहेनदार एक विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिने बताइन् ।

महिला र युवाले सञ्चालन गर्ने साना तथा लघु उद्योगलाई विशेष अनुदान र कर छुट उपलब्ध गराउने पनि बोहोराले बताइन् ।

यी दुई उम्मेदवारको १२ कक्षासम्म निशुल्क शिक्षा, सुत्केरीलाई तीन महिनासम्म तीन हजार मासिक भत्ता, सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा, सार्वजनिक स्थलमा निशुल्क वाईफाई सुविधा, कृषि तथा बाली बीमाको व्यवस्था, वेरोजगार तथा सीपविहीन युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना गर्ने पनि एजेण्डा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ?