२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के हाे अक्षय तृतीया ? बलियाे याेग

२०७९, २० बैशाख मंगलवार ०६:३८

वैशाख २०, काठमाडाैं | वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । यस वर्ष  २० वैशाख मंगलबार शुभ मुहुर्तमा अक्षय तृतीया पर्व परेकाे छ ।

अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहिरहने भएकाले पनि यस पर्वलाई अक्षय तृतीया भनेर भनिएको हाे । चार युगमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगाद्वीतिथि’ पनि भनिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ ।

भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्यकाे अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । लामाे समयपछि मंगल राेहिणी याेगमा अक्षय तृतीया पर्व परेकाे संयाेग जुरेकाे हाे ।

मंगलबार राेहिणी नक्षत्र एकसाथ परेमा कार्य सिद्धि याेगकाे निर्माण हुने हुँदा हरेक प्रकारका कार्य गर्दा शुभ फल प्राप्त हुने शास्त्रीय वचन रहिआएको छ । मंगल राेहिणी याेगमा प्रमुख पाँच ग्रह शक्तिशाली अवस्थामा रहेकाले विशेष शुभ मानिएकाे छ ।

शनि ग्रह कुम्भ राशिमा,बृहस्पति मीन राशिमा, चन्द्रमा उच्च बृष राशिमा, शुक्रग्रह उच्च मीन राशिमा र वैशाख महिना भएकाले सूर्य पनि उच्च र पूर्ण बलियो डिग्रीमा रहेकाले राज्य पूर्णरुपमा बलियो अवस्था रहने याेग निर्माण छ ।

सामान्य दाेष यस्ता शुभ याेग परेकाे समयमा स्वझ: परिहार हुने शास्त्रमा उल्लेख गरिएको छ । यस वर्ष राजाका रुपमा शनि र मन्त्रीका रुपमा बृहस्पति ग्रह भएकोले पनि विशेष महत्वका साथ हेरिरहेको छ । यस्ताे समयमा राज्यले गर्न लागेका हरेक कार्य सफल भई शुभ फलमा वृद्धि हुने शास्त्रमा उल्लेख छ ।

शनि तथा मंगल ग्रहकाे युक्तिसँगत भएकाले सवारी तथा हवाई दुर्घटना र आगलागीका घटनामा वृद्धि हुने हुँदा सरकार चनाखो भएर बस्नुपर्ने छ । आजका दिन सातु र सर्वत बनाएर दान गरेमा सम्पूर्ण दाेष नाश हुनुका साथै पितृ दाेष पनि पूर्णरूपले हट्ने शास्त्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक