२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाहरुमाथि कुनै पनि अनुचित सम्बन्धको प्रयत्न गरेको छैन- स्थापित

२०७९, २० बैशाख मंगलवार ०९:५३

वैशाख २०, काठमाडाैं | काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका केशव स्थापितले आफू महिलामैत्री भएको दाबी गरेका छन्।

उनले आफू महिलामैत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरू हुन सक्ने तर्क गरे। तर, महिलाहरूमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको स्थापितको दाबी छ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थापतिले कहिल्यै संगत नै नगरेका महिलासँग जोडेर आफूलाई आरोपित गरिएको समेत बताए। 

आफूले दुर्व्यवहार गरेको भनिएकी महिलासँग कहिल्यै संगत नगरेको उनको भनाइ छ। आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग कहिल्यै संगत नगरेको स्थापितले बताए।

स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको स्मरण गरे।

‘मैले दिने त फल हो नि। मैले गाली त दिन्नँ। म हिंसाको विरोधी। महिलाहरुको सम्मान गर्ने, महिलाहरुलाई आदर गर्ने र महिलाहरुसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु। यो मेरो निजी प्राक्टिकल अनुभव हो’, उनले भने।

स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको  बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक