2026-10-31 11:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकविरुद्ध सार्वजनिक अपराध तथा अभद्र व्यवहार मुद्दा

वैशाख २२, काठमाडौँ | म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १७ वर्षीय नवराज रेग्मीलाई प्रहरीले बुधबार २१ वैशाखमा पक्राउ गरेको थियो । 

उनीमाथि सार्वजनिक अपराध तथा अभद्र व्यवहार कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए । 

प्रहरी पोशाकको दुरूपयोग गर्नुका साथै लागु औषध दुर्व्यसनलाई प्रेरित गर्ने खालको अभिव्यक्ति दिएकाले सोही आधारमा अनुसन्धान थालिएको एसपी कार्कीले बताए । 

‘प्रहरी पोशाकको दुरूपयोग गर्नुका साथै लागु औषध दुर्व्यसनलाई प्रेरित गर्ने अभिव्यक्ति थियो । सार्वजनिक अपराध तथा अभद्र व्यवहार भएकोले त्यहीअनुसार अनुसन्धान थालेका छौं,’ एसपी कार्कीले न्युज कारखानासँग भने, ‘जिल्ला अदालत कपिलवस्तुबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । अनुसन्धान गरेर मुद्दा दायर गर्छौं ।’ 

प्रहरीले उनका फुपुका छोरा पुरण भट्टराईलाई समेत नियन्त्रणमा लिएको छ । उनी स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी बनेका थिए । उनलाई आफ्नो ड्रेसको हिफाजत गर्न नसकेकोले नियन्त्रणमा लिएर उनीमाथि पनि अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।

‘आफ्नो ड्रेसको हिफाजत गर्न सक्नुपर्छ । त्यसमा दाइको सहमति र जानकारीमै उनले ड्रेस लगाएर भिडियो बनाएको देखियो,’ एसपी कार्कीले भने, ‘आफ्नो ड्रेसको दुरूपयोग गर्न दिन मिलेन । दाइलाई पनि प्रहरी हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ 

‘उनलाई ड्रेस लगाएर यसरी भिडियो बनाउन कसले प्रेरित गर्‍यो ? कसरी भयो ? लगायतका विषयमा अनुसन्धान गरिरहेका छौं,’ एसपी कार्कीले भने, ‘उनी लागु औषधका दुर्व्यसनी हुन वा होइनन् ? सेवन गर्ने हो भने के कुन सेवन गरिरहेका छन् ? कहिलेदेखि सेवन गरिरहेका छन् ? लगायतका विषयमा अनुसन्धान गर्छौं।’

प्रारम्भिक चरणमा उनको उमेर १८ वर्षभन्दा कम देखिएको एसपी कार्कीले बताए । म्यादी प्रहरीको पोशाक लगाएर नवराजले बनाएको सेल्फी भिडियो भाइरल बनेको थियो । उनले भिडियोमा भनेका थिए, ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि