2026-10-30 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने

2026-10-30

काठमाडौँ | नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन काठमाडौँको खुलामञ्चमा गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले महाधिवेशनका लागि काठमाडौँका तीन स्थान तय गरिएको जानकारी दिए । उनका अनुसार, महाधिवेशन खुलामञ्चमा हुनेछ भने भृकुटीमण्डपको बगैँचा क्षेत्रमा खानाको व्यवस्था गरिनेछ ।

त्यस्तै, मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिने भएको छ । “खुलामञ्चमा हामीले महाधिवेशन गर्ने भयौँ । भृकुटीमण्डपको बगैँचा भएको स्थानमा खानाको व्यवस्था मिलाइनेछ । राष्ट्रियसभा गृहमा मतदानस्थल राखिन्छ,” कार्कीले भने ।

आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने इतर पक्षको दाबी छ । महाधिवेशनस्थलको टुंगो लगाएको इतर पक्षले भावी नेतृत्वबारे भने अझै टुंग्याउन सकेको छैन । सभापतिका आकांक्षीहरूबीच सहमति जुट्न नसक्दा कसलाई उमेदवार बनाउने भन्ने विषय अनिर्णीत छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह