2026-10-30 05:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय

2026-10-30

काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेको भए पनि भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्र मन्त्रालयले दुवै देशलाई अनुकूल हुने समयमा भ्रमण हुने गरी आवश्यक तयारी अघि बढाइएको जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणका लागि कूटनीतिक तहमा तयारी भइरहेको जानकारी दिए। उनका अनुसार भ्रमणको मिति दुवै पक्षबीचको आपसी समझदारी र अनुकूलताका आधारमा तय हुनेछ।

‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी आवश्यक तयारी भइरहेको छ। भ्रमणको मिति भने अझै तय भइसकेको छैन। उपयुक्त समयमा मिति तय गर्छौँ,’ प्रवक्ता पौडेलले भने। यसअघि भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण चाँडै हुने संकेत गरेका थिए। भारतमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा सहभागी वाग्लेले प्रधानमन्त्रीको भारत भ्रमण सन् २०२६ को अन्त्यसम्म हुन सक्ने बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर चासो बढेको थियो।

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले भ्रमणको तयारी अघि बढिरहेको संकेत गरे पनि परराष्ट्र मन्त्रालयले भने औपचारिक मिति सार्वजनिक गरिसकेको छैन। यसले भ्रमणको समयतालिका अझै दुई देशबीचको कूटनीतिक समन्वयमै निर्भर रहेको देखाउँछ। प्रवक्ता पौडेलले प्रधानमन्त्रीको भारत भ्रमण विगतमा हुँदै आएका उच्चस्तरीय द्विपक्षीय भ्रमणकै नियमित निरन्तरता हुने स्पष्ट पारे। भ्रमणका क्रममा उठाइने विषय र एजेन्डा पनि दुवै देशबीचको समन्वय तथा सहमतिमा तय गरिने मन्त्रालयको भनाइ छ। प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धका विविध आयाम, आपसी हित र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित