१६ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !

२५ बैशाख २०७९, आईतवार ०४:३८

वैशाख २५, काठमाडौं | कांग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिस्कार गर्दै आएका छन् ।

गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसक्यो । तीन ठाउँकै चुनावी सभालाई यी दुई नेताले भने बहिस्कार गरेका हुन् । 

पार्टीका दोस्रो तहका नेताहरूलाई भने चुनावी सभामा पठाउने गरेका छन् । जबकि, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नै चुनावी सभामा सम्बोधन गर्न खटिरहेका छन् ।गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिरहेका छन् ।

तर, जसपाका यी दुई नेता भने गठबन्धन दलकै चुनावी सभामा नगई गृहजिल्लामा खटिएका छन् ।

उक्त पार्टीका एक नेता राजकिशोर यादव दुई अध्यक्ष किन गठबन्धनको संयुक्त चुनावी सभामा जाँदै छैनन् ? त्यसबारे थाहा नभएको बताउँछन् । 

गठबन्धन दलका अन्य शीर्ष नेता त चुनावी सभामा देख्छु तर हाम्रा पार्टीका दुई अध्यक्ष गएको देख्दिनँ । यसबारे उहाँहरूलाई नै किन जानु नभएको भनेर सोध्नुहोला’, यादवले भने, ‘तालमेललाई लिएर केही असन्तुष्टि होला कि ?’

शुक्रबार डा. भट्टराईले तालमेलबारे असन्तुष्टि जनाएका थिए । ‘पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ’, भट्टराईको असन्तुष्टि ट्‍वीटरमा पोखिएको थियो । 

असन्तुष्ट भएकै कारण उनले संयुक्त चुनावी सभा बहिस्कार गरेको देखिएको छ । र, गृहजिल्ला गोरखा पुगेर उनी आफ्ना पार्टीबाट उम्मेदवार बनेकाहरूलाई मत मागिरहेका छन् । त्यहाँ गठबन्धन दलहरूबीच तालमेल भएन ।

पार्टी अध्यक्ष यादव पनि असन्तुष्ट भएरै संयुक्त चुनावीमा सभालाई सम्बोधन गर्नेभन्दा पनि मोरङ पुगेर छोरा अमरेन्द्रलाई मत मागिरहेका छन् । 

अमरेन्द्र विराटनगर महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार हुन् । त्यहाँ पनि गठबन्धनमा समस्या छ । माओवादीकी नमिता न्यौपाने बागी उम्मेदवारी बनेकी छिन् ।

यादवकै पार्टीका नेता उमेश यादव पनि बागी उम्मेदवार छन् । उनीहरू लाल्टिन चिह्नसहित निर्वाचन अभियानमा छन् । 

गठबन्धन दलहरूबीच तालमेल व्यावहारिक रूपमा राम्रो नभएपछि असन्तुष्ट मात्रै नभए संयुक्त चुनवाी सभालाई नै बहिस्कार गरेर यादव मोरङमा क्रियाशील भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या सुन तस्करीमा संलग्न महरा थुनामुक्त सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ खाना पकाउने क्रममा कुकर पड्किँदा घाइते भएकी महिलाको मृत्यु कांग्रेस–एमालेबीचको सहकार्य ०८४ सम्मै रहन्छ : ईश्वर पोखरेल आफ्नै पैसाले कार्यालय खोलेको कुनै पार्टी छ? : प्रधानमन्त्री ओली साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री ओली खुमलटारमा देउसीको रौनक, छमछमी नाचेका प्रचण्डको दक्षिणा एक लाख