२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहामा माओवादीका बागी उम्मेदवार महतोसहित छ नेता पार्टीबाट निष्कासित

२०७९, २५ बैशाख आईतवार ०७:१२

वैशाख २५, सिरहा | नेकपा माओवादी केन्द्रले सिरहामा बागी उम्मेदवारी दिएका छ जनामाथि कारबाही गरेको छ । माओवादीले गोलबजार नगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका रामचन्द्र महतो कोइरीसहित छ जनालाई कारबाही गरेको हो ।

कारबाहीमा परेकामा मेयर महतो, उपमेयर वास्ना मोक्तान, प्रवेश लामा, मनोज सिंह, कमल स्याइवो र पुजन सिंह हुन् । पार्टीका मधेस प्रदेश इञ्चार्ज गणेश शाहले उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी दिएका छन् ।

नगर समिति, सिराहाबाट कारबाहीको लागि सिफारिस भएका उनीहरुलाई पार्टी अनुशासन पालना गरेको नदेखिएकोले पार्टी विधानको धारा ११ को दफा १ (ग) अनुसार केन्द्रको निर्देशनबमोजिम कारबाही गरिएको पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

माओवादीले नगरमा मेयर उम्मेदवारमा देवनाथ साहलाई उठाएको छ । उनी यसअघि पनि माओवादीबाटै मेयरमा निवार्चित भएका थिए । उनी माओवादी स्थायी कमिटी सदस्य विश्वनाथ साहका भाइ हुन् ।

                                                                                    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल