१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहामा माओवादीका बागी उम्मेदवार महतोसहित छ नेता पार्टीबाट निष्कासित

२५ बैशाख २०७९, आईतवार ०७:१२

वैशाख २५, सिरहा | नेकपा माओवादी केन्द्रले सिरहामा बागी उम्मेदवारी दिएका छ जनामाथि कारबाही गरेको छ । माओवादीले गोलबजार नगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका रामचन्द्र महतो कोइरीसहित छ जनालाई कारबाही गरेको हो ।

कारबाहीमा परेकामा मेयर महतो, उपमेयर वास्ना मोक्तान, प्रवेश लामा, मनोज सिंह, कमल स्याइवो र पुजन सिंह हुन् । पार्टीका मधेस प्रदेश इञ्चार्ज गणेश शाहले उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी दिएका छन् ।

नगर समिति, सिराहाबाट कारबाहीको लागि सिफारिस भएका उनीहरुलाई पार्टी अनुशासन पालना गरेको नदेखिएकोले पार्टी विधानको धारा ११ को दफा १ (ग) अनुसार केन्द्रको निर्देशनबमोजिम कारबाही गरिएको पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

माओवादीले नगरमा मेयर उम्मेदवारमा देवनाथ साहलाई उठाएको छ । उनी यसअघि पनि माओवादीबाटै मेयरमा निवार्चित भएका थिए । उनी माओवादी स्थायी कमिटी सदस्य विश्वनाथ साहका भाइ हुन् ।

                                                                                    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार