भदौ १६, काठमाडौं । कतारले बिहीबारदेखि अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिन सुरू गरेको छ । कतार आन्तरिक (गृह) मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौं । कतारले बिहीबारदेखि अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिन सुरू गरेको छ । कतार आन्तरिक (गृह) मन"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

कतारले थाल्यो अवैध कामदारका लागि ३ महिने यस्तो अभियान, कहाँ सम्पर्क गर्ने ?

२०७३, १६ भाद्र बिहीबार १२:१८

भदौ १६, काठमाडौं । कतारले बिहीबारदेखि अवैधरुपमा काम गरिरहेका विदेशी कामदारलाई आममाफी दिन सुरू गरेको छ । कतार आन्तरिक (गृह) मन्त्रालयले ३ महिनाको अवधि तोकेर अवैध कामदारहरुलाई आममाफी दिन सुरू गरेको हो ।

बिहीबारदेखि सुरु भएको आममाफीको प्रक्रिया डिसेम्बर १ सम्म चल्नेछ । यो अवधिमा विभिन्न कारण करार सम्झौता भएका कम्पनी छाडेर अरु नै ठाउँमा काम गर्दै आएका कामदार प्रक्रिया पुरा गरेर स्वदेश फर्किन पाउने छन् ।

कतारको गृह मन्त्रालयले अवैध रुपमा बसिरहेका आप्रवासी कामदारलाई स्वदेश फर्किन सहज वातावरण तयार गरिएको बताएको छ । कतारमा ठूलो संख्यामा अवैध विदेशी कामदार कार्यरत छन्, जसमा नेपालीहरुको संख्या उल्लेख्य छ  । अब त्यहाँको सरकारले तोकेको प्रक्रिया पुरा गरेर उनीहरुलाई बिना सजाय घर फर्किन सक्नेछन् ।

आममाफी प्रक्रियाका लागि पासपोर्ट, पासपोर्ट नभए नेपाली दूतावासले जारी गरेको ‘ट्राभल डकुमेन्ट’, टिकट र पतका आइडीको फोटोकपी आवश्यक पर्छ । अवैधानिक कामदारले कामदार आइतबारदेखि बिहीबारसम्म दिउँसो २ बजेदेखि राति ८ बजेसम्म (स्थानीय समय अनुसार) सनैयास्थित खोज तथा अनुसन्धान विभाग (सिआइडी) मा निवेदन दिन सक्छन् ।

कतारले आवश्यक प्रक्रिया पुरा गरेर निवेदन दिएको तीन दिनभित्र कतारबाट बिना सजाय स्वदेश फर्किन ‘इक्जिट परमिट’ दिने भएको छ । सन् २०२२ को विश्वकप आयोजनाको जिम्मा पाएको कतारले अवैध कामदार र उनीहरुको अवस्थालाई लिएर पछिल्लो समय अन्तर्राष्ट्रिय मानवधिकारवादी संघ संस्था र विभिन्न देशको दबाव खेप्दै आएको थियो ।

कतारले सन् २००९ मा लागू गरेको आप्रवासी कामदर समबन्धी कानुन नम्बर ४ अनुसारका कामदारलाई आममाफी दिनेछ । तर, आममाफी सुविधा लिएर स्वदेश फर्किने कामदार २ वर्षसम्म फेरि कतारमा जान पाउने छैनन् । कतार सरकारले यसअघि सन् २००४ मा आममाफी प्रक्रिया चलाएको थियो । अनलाइनखबरबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने