प्रेम सुनार/भदौ १७, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका घोषणा भएको झण्डै दुई वर्ष पछि गठन हुन लागेको वडा नागरिक मञ्चमा जिल्लाका शिर्ष नेताहरुले संयोजक पदका लागि गरेको भाग बण्डा प्रति असमती जनाउँदै यहाँका केहि वडाहरुका जनता विरोधमा उत्रेका छन् । जनताको यो विरोधलाई यहाँका राजनैतिक दलहरु भने सञ्चार माध्यममा ल्याउन चाहदैनन् । उनिहरु भन्छन् हामी फेरी तिन प्रमुख दलका नेताहरु बसेर मिलाउछौं ।
जिल्ला स्तरिय नेताले यस भनि रहँदा वडा स्तरमा रहेका उनका कार्यकर्ता र सर्व साधरण जनताले भने आफुहरुले नेता छान्न पाउनु पर्ने खटिएका कर्मचारीहरुले टिका लगाएर संयोजक छान्न नपाईने भन्दै विरोध गरेका छन् । साविकको दुविचौर, हाल नगर पालिकको वडा नम्वर १४ मा भदौं १५ गते वडा नागरिक मञ्च गठन गर्न गएको टोली , नेपाली काग्रेसका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ता विच झण्डै झडपको स्थिती आएको थियो ।
माओवादी केन्द्रका जिल्ला सदस्य रहेक गिरीसिंह महाकिमले भने –‘ विधि र प्रकृया मिचेर वडा नागरिक मञ्च गठन गर्न आएका कर्मचारीहरुले नेकपा एमाले र माओवादीका कार्यकर्ताहरुलाई थाह नदिई सुटुक्क कांग्रेसका कार्यकर्ताहरुलाई मात्र जम्म गरेर गठन गर्न लागिएको वडा नागरिक मञ्च आफुहरुलाई मान्य नहुने भन्दै विरोध गरिएको बताए ।
उनले विधी र प्रकृया अनुसार स्थानिय जनताको महुमत पक्षले छानेको वडा नागरिक मञ्च हुनु पर्ने अडान लिदै भने–‘ हाम्रो पार्टीकै संयोजक हुनु पर्छ भन्ने होईन जुन दलको भए पनि यहाँका जनताले छानेको हुनु पर्छ अन्यथा उक्त दिन खटिएका कर्मचारीहरुले किर्ते हस्ताक्षर गराएको , वाटोमा जो भेटिन्छ उसैलाई हस्ताक्षर गराएर हिडेको आरोप लगाउँदै भने–‘ हामीले उक्त कागज खोस्न खोज्दा झडपको स्थिती आएको थियो , हामी विधी र प्रकृयाको पक्षमा छौं । ’वडा नम्वर १२ सिमीचौरमा पनि नेकपा एमालेका स्थानिय कार्यकर्ताले विरोध जनाएको बताईएको छ ।
वडा नागरिक मञ्चको संयोजक दलहरुको आ–आफ्नै दावि र विवादका कारण नगरपालिका घोषणा भएको झण्डै दुई वर्ष सम्म पनि वडा नागरिक मञ्च गठन हुन नसकेको लाज मर्दो परिस्थती भए पनि जिल्ला स्तरका नेताहरु वसेर सहमती गरेर वडा नागरिक मञ्च गठन सुरु गरेका हुन् ।
उनिहरुको सहमती अनुसार नेपाली कांग्रेसले ७ वटा वडामा संयोजक र २ वटा सह संयोजक , नेकपा एमालेले ४ वटामा संयोेजक र ३ वटा वडामा सह संयोजक , माओवादी केन्द्रले २ वटामा संयोजक र ६ वटा वडामा सह संयोजक , राप्रपा नेपाल र राप्रपाले एक एक वडामा संयोजक पाउने र अन्य दलहरुलाई सह संयोजक पाउने भएका हुन् ।
सोही अनुरुपम अर्खलेको चेक्मी लगायतका स्थान वडा नम्वर ७ मा माओवादी केन्द्रले संयोक पाएको छ । सिमीचौरका राङ्गवास भेगको वडा नम्वर १३ मा पनि उसैले संयोजक बनाएको छ । वडा नम्वर १४ पनि उसको वाहुल्य रहेको भन्दै संयोजक दावी स्थानिय कार्यकर्ताले गरेको बताईएको छ ।
त्यसो त वडा नम्वर १ साहु टोल लगायतको स्थान नेपाली कांग्रेसको अत्याधिक वहुमत रहेको ठाउँ हो, कांग्रेसले राप्रपा नेपाललाई संयोजक दिन सहमत भएर सहमतीको मार्ग खुलाएको छ । वडा नम्वर १२ को सिमीचौरमा एमालेको वाहुल्य रहेको भनिएको स्थानमा पनि एमालेले संयोजक राप्रपालाई दिन मञ्जुर भएको छ । एमालले अर्खलेको भण्डारी टोल लगायको स्थानलाई जोडेर बनाइएको वडा नम्वर ४ मा संयोजक बनाएको छ । वडा नम्वर १० रहेको स्थान उपल्लो तम्घास लगायतका स्थानमा पनि एमालेले नै संयोजक पाएको हो ।
भुजेलखर्क लगायतको स्थान रहेको वडा नम्वर ८ र सिमीचौको वडा नम्वर १ मा पनि उसैले संयोजक पाएको छ । वडा नम्वर २ , ३ , ५ , ६ , ९ , १४ र १५ मा कांग्रेसले संयोजक पाउने भागबण्डा भएको नेताहरुले बताका छन् ।
वडा नागरिक मञ्च गठनको सहमतीको विन्दु खोजेको यहाँका प्रमुख तिन दलका नेताहरु संग केहि वडाहरुमा देखिएको विवादका सम्वन्धमा हामीले प्रतिकृया मागेका थियो । नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले सरकार गठनमा समेत कांग्रेसले देशका जटिल परिस्थतीलाई मध्य नजर गर्दै तेश्रो दल माओवादी केन्द्रका अध्यक्षलाई प्रदान मन्त्री बनाएको बेला नगरपालिकाको वडा नागरिक मञ्च गठन जस्तो सानो कुरामा सहमतीको विकल्प नभएको प्रतिकृया दिए ।
चुनाव गराउने परिस्थी नभएको र लामो समय सम्म गठन हुन नसके पछि आफुहरुले दलहरु विचको हारजितको विषय भन्दा पनि वडा नागरिक मञ्च गठन गर्न सक्नु सवै दलको जितको विषय भएको उनले बताए । उनले भने–‘ कुन वडामा को कसको वाहुल्य छ भन्ने सवाल उठाउने हो भने वडा नम्वर १ मा हाम्रो अत्याधिक वाहुल्य छ जहाँ हामी राप्रपा नेपालललाई संयोजक दिन मञ्जुर भयौं , यसलाई हाम्रो कम्जोरी नमानियोस सहमतीका लागि यो हाम्रो महानता हो । ’
नेकपा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्थले पनि उस्तै प्रतिकृया दिदै भने विधि र प्रकृयालाई टेकेर सहमतीको वातवरण मिलाईएको र त्यसमा नेकपा एमालेका स्थानिय कार्यकर्ताले विरोध गरेको पाईएको छैन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदर्शन बरालले पनि सहमतीको विकल्प नभए पनि विधी र प्रकृया मिच्न नहुने प्रतिकृया दिए ।
उनले भने –‘कैयौं वडामा त्यहाँका सवै जनतालाई सहभागी नवनाई , उनिहरुको हस्ताक्षर समेत नगराई उनिहरुलाई नेता चुन्न पाउने लोकतान्त्रिक मुल्य र मान्यतालाई समेत तोड्दै गठन गरिएको वडा नागरिक मञ्च प्रति आफुले नगरपालिकाका कार्यकारी अधिकृत वावुराम पल्लीको ध्यानकृष्ट गराएको बताए ।
यस सम्वन्धमा कार्यकारी अधिकृत पल्लीको प्रतिकृया माग्दा उनले गठन गर्ने जिम्मा पाएको सेवा प्रदायिक संस्थाले रिर्पोट आफुहरुलाई नबोलाए सम्म प्रतिकृया दिन नसक्ने बताए । गठन गर्ने जिम्मा पाएको जन विकास केन्द्र गुल्मीका अध्यक्ष भुपाल पोखरेललले अलि अलि विवाद हुनु स्वभाविक भएको भन्दै कर्मचारीहरुले आफुलाई रिर्पोट नबुझाएकोले के भएको छ भन्ने कुरा आफुलाई जानकारी नहुने बताए ।