१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपडेट: देशभर २३ स्थानिय तहमा जनप्रतिनिधि चुनिए (विवरण सहित)

१ जेष्ठ २०७९, आईतवार ०६:५३

जेठ १, काठमाडौँ । स्थानिय निकाय निर्वाचन २०७९ अन्तर्गत मतपरिणाम सार्वजनिक भईराख्दा हालसम्म २३ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । यस क्रममा नेकपा एमालेले सबैभन्दा बढी स्थानमा बिजय हाँशिल गरेको छ । 

नेकपा एमाले १० स्थानिय निकायका प्रमुख पदमा बिजयी बन्दा नेपाली कांग्रेले ८, माओवादी केन्द्रले ३, एकीकृत समाजवादीले २ स्थानीय तहको नेतृत्व गर्ने टुंगो लागेको छ । त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसले ९, एमालेले ८, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ स्थानमा उपप्रमुख पदमा नेतृत्व गर्ने पक्का भएको छ । 

यता देशभरको मत परिणाम अनुसार स्थानिय निकायको प्रमुख पदमा अग्रता लिने क्रममा सबैभन्दा अगाडी नेपाली कांग्रेस रहेको छ । नेपाली कांग्रेसले २३६ स्थानमा अग्रता लिँदा एमालेले १८५ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्रले १०६, जसपा नेपालले १६, एकीकृत समाजवादीले १४ र लोसपाले ५ स्थानमा अग्रता लिएको छ । 

देशभर २३ स्थानिय तहको निर्वाचित विवरण:

नेकपा एमाले-विजयी उम्मेदवारहरु: 

१. लोकेन्द्रबहादुर घले – चामे गाउँपालिका

२. धावा सम्डुक गुरुङ – शे फोक्सुण्डो गाउँपालिका

३. कान्छा घले – मनाङ डिस्याङ गाउँपालिका

४. लोप्साङ छोम्पेल विष्ट – लो–घेकर दामोदरकुण्ड गाउँपालिका

५. टसी न्हर्वु गुरुङ – लोमन्थाङ गाउँपालिका

६. रिङजीन नामगेल गुरुङ – वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

७. प्रकाश ओझा – बौदीकाली गाउँपालिका 

८. प्रकाश बहादुर रोकाया – थलारा गाँउपालिका

९. मिङमा छिरी शेर्पा – खुम्वु पासाङल्हामु गाउँपालिका

१०. मानविर बोहरा – साइपाल गाँउपालिका

नेपाली कांग्रेस-विजयी उम्मेदवारहरु: 

१. कोन्जो तेन्जीङ लामा – नार्पा भूमि गाउँपालिका 

२. धनबहादुर गुरुङ – नासोँ गाउँपालिका

३. मोहन सिंह लालचन -  घरपझोङ गाउँपालिका 

४. कर्ण बहादुर रावल – खार्पुनाथ गाउँपालिका

५. भैरव बहादुर साउँद – बडीकेदार गाउँपालिका

६. ईन्द्र बहादुर कार्की – गन्यापधुरा गाउँपालिका

७. खिलध्‍वज पन्थी -  रेसुङ्गा नगरपालिका

८. सरोजकुमार थापा – गुल्मीदरबार गाउँपालिका 

माओवादी केन्द्र-विजयी उम्मेदवारहरु: 

१. छविराम सुवेदी – नौमुले गाउँपालिका

२. नारा सिं रोकाया – जगदुल्ला गाउँपालिका 

३. धनबहादुर विक – ताराखोला गाउँपालिका 

नेकपा एकीकृत समाजवादी-विजयी उम्मेदवारहरु: 

१. अंगद कुमार राना – काइके गाउँपालिका

२. सेनाङ गुरुङ – छार्का ताङसोङ गाउँपालिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार