जेठ २, काठमाडौँ | काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन साहकोभन्दा कम रहेको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता फराकिलो मतले अग्रता बढाउदै लगेका छन् । पछिल्लो समय सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले ६ हजार ८ सय ८६ मत ल्याएर अग्रस्थानमा छन् ।
उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ५ सय ६२ मत ल्याएका छन् । त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी कांग्रेसकी सिर्जना सिंहले ३ हजार १ सय २६ मत प्राप्त गरेकी छन् ।