भदौ १८, काठमाडौं | इजरायलले नेपाली केअर गिभर कामदारको कोटा बढाउने भएको छ । वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नेपालीको कोटा थप गर्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, काठमाडौं | इजरायलले नेपाली केअर गिभर कामदारको कोटा बढाउने भएको छ । वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नेपालीको कोटा थप गर्ने"/>
2026-09-03 03:20 PM
काठमाडौँ - KTM

इजरायलले नेपाली कामदारको लागि रोजगारीको कोटा बढायो

भदौ १८, काठमाडौं | इजरायलले नेपाली केअर गिभर कामदारको कोटा बढाउने भएको छ । वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नेपालीको कोटा थप गर्ने जानकारी इजरायलले दिएको खबर आजको कान्तिपुरमा छापिएको छ।

इजरायली राजदूत यारोन मायरले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई शुक्रबार शिष्टाचार भेट गरी नेपालबाट इजरायल केअर गिभरमा जाने कामदारको कोटा बढाउने तयारी भइरहेको जानकारी गराएका हुन् । स्रोतका अनुसार इजरायलले आगामी वर्ष ३ सयभन्दा बढी नेपाली कामदार लैजाने जानकारी दिएको छ ।

इजरायल जाने केयर गिभरको संख्या बढाउने विषयमा एक अध्ययन टोली अर्को साता नै नेपाल आउने र टोलीको सिफारिसका आधारमा कोटा बढाउने इजरायली राजदूतले जानकारी गराएको परराष्ट्रमन्त्री महतका सञ्चार संयोजक एकराज पाठकले बताए । सन् २००९ देखि नेपाली केअर गिभर इजरायल जान पाएका छैनन् ।

बीचमा एक सय नेपालीलाई भारतबाट श्रम स्वीकृति गराएर लगिएको थियो । तीन महिनाअघिदेखि नेपालबाट पुन: इजरायल कामदार जान आरम्भ भएको हो । हाल इजरायलमा ५ हजारभन्दा बढी नेपाली कार्यरत छन्, जसमा ५९ नेपाली केअर गिभरका रूपमा कार्यरत छन्।

पछिल्लो समय सरकारी स्तरबाट (जीटूजी) मार्फत नेपालीहरू इजरायल जान थालेका हुन् । अहिले ५९ नेपालीहरू त्यसरी पुगेको पनि जनाइएको छ । नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुईपक्षीय सम्बन्ध सुमधुर रहेको र नेपालको विकासमा इजरायलीहरू सहयोगी बन्दै आएको प्रसंग पनि राजदूतले प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे