२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेन, हर्क र गोपालको विजयी दलप्रति जनताको विद्रोहको संकेत : राजकिशोर यादव

२०७९, १२ जेष्ठ बिहीबार ११:५८

जेठ १२, काठमाडौँ | जनता समाजवादीका सांसद राजकिशोर यादवले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीति दलप्रति जनताको विद्रोहको संकेत रहेको बताएका छन् । 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले काठमाडौं, धरान, धनगडीसहितका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको वियय राजनीति दलप्रति जनताको विद्रोहको संकेत रहेको बताएका हुन् । 


स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका काठमाडौं महानगरमा बालेन साह, धरान उपमहानगरमा हर्क साम्पाङ राई, धनगडी उपमहानगरमा गोपाल हमालसहित निर्वाचित भएको प्रसङ्ग कोट्याउँदै उनले राजनीति दलका नेताको निर्णय प्रवृत्तिको विद्रोहको संकेत रहेको बताए । 

यसलाई अन्त्य गरेर दलीय निर्णय प्रक्रिया सच्याउनुपर्ने उनको भनाइ छ । दलहरुले जनताको भावना नबुझी आफ्नो निर्णय लाद्ने प्रवृत्तिको विरोधमा जनताको मत जाहेर भएको भन्दै उनले अब लोकतन्त्र बलियो भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी