भदौ १९, पर्बत | जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अन्तिम चरणमा पुगेर रोकिएको छ । विद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, पर्बत | जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अन्तिम चरणमा पुगेर रोकिएको छ । विद"/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

पर्बत जिल्लाकै सवैभन्दा लामो झोलुङगे पुल सम्पन्न गर्न विद्युत लाईन बाधक

१९ भाद्र २०७३, आईतवार ०६:२९

भदौ १९, पर्बत | जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अन्तिम चरणमा पुगेर रोकिएको छ । विद्युत लाईनकै कारण कुश्मावडागाउँ –मुडिकुवा झोलुङगे पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । पुलको लठ्ठा तान्न विद्युत लाईनका कारण असंम्भव भएपछि निर्माणको कार्य रोकिनु परेको हो । पुलको लठ्ठालाई वारि कुश्मातिरबाट मोदी खोलामा खसाली फेरि मुडिकुवाको माथिल्लो डिलमा तानेर पुराउनुपर्ने हुन्छ ।

 विद्युत लाईन अवरोध बनेको कारण महिनौ पहिलेदेखि पुलको निर्माण कार्य रोकिएको उपभोक्ता समितिको गुुनासो छ । उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण तिवारीका अनुसार चार वटा लठ्ठा वारिबाट खसालेर मोदिपारि पुराइएको छ भने ८ वटा लठ्ठा तान्न बाँकी छ । अध्यक्ष तिवारीले शसस्त्र प्रहरी चण्डीका बलका ५० जना जवानहरुको सहायताले लठ्ठा तान्ने काम गरिएको तर विद्युत लाईनका कारण माथि डिकमा पुराउन नसकिएको बताए ।

पर्वतकै दक्षिणी भेग र कार्कीनेटा क्षेत्रतिर निर्माणाधिन पुल मुन्तिरबाट ३३ केभी क्षमताको विद्युत लाईन प्रसारण गरिरहेको अवस्था छ । प्राधिकरण कार्यालय पर्वतलाई उपभोक्ता समितिले लाइन हटाइदिन अनुरोध गर्दै पत्र पठाएको पनि हप्तौ भईसकेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले समेत लाईन सारिदिनु हुन भन्ने आशयको पत्र पठाइसकेको बताईन्छ तर सुनुवाई भने भएको छैन ।

झोलुङ्गे पुल निर्माणको कार्य रोकिनु पर्दा आउँदै गरेको चाड दशै तिहारमा सर्वसाधारणलाई पुलबाट आवतजावत गराउने भन्ने उपभोक्ता समितिको लक्ष्य पुरा नहुने भएको छ । समितिका अध्यक्ष तिवारी भन्छन्–‘दशैको केही दिन पहिलासम्म पुल निर्माणको कार्य सम्पन्न गरी दशैमा टाढा टाढाबाट आउने दाजुभाईहरुलाई सजिलै आफ्नो घरगाउँसम्म पुग्न सजिलो होस् भन्ने थियो तर विद्युतले ढिलो गरिदिदा नसकिएला जस्तो छ ।’

उता विद्युत प्राधिकारण कार्यालय पर्वतका अधिकृत विजयराज रेग्मीलाई विद्युत लाईन सारी दिन ढिलाईबारे जिज्ञासा राख्दा उनले दशैसम्ममा सकिने बताउँछन् । एक वर्ष पहिले पुल निर्माण काम थालिएको भएपनि ढिलो गरी विद्युत लाईन सार्न आग्रह गरिएको अधिकृत रेग्मीको गुनासो छ । पुलको विद्युत लाईन सार्न  विद्युत प्रसारण लाइन सारी दिने भन्ने निवेदन र जानकारी नै ढिलागरी आएकोले पनि काममा ढिलाई भएको भन्ने विद्युत अधिकृत रेग्मीको भनाई छ । अधिकृत रेग्मीले लाईन सार्नका लागि आवश्यक पर्ने सामाग्रीहरु आईपुगेको र अव छिटै काम अगाडि बढ्ने समेत बताए । वडागाउँ–मुडिकुवा झोलुङगे पुलले सदरमुकाम कुश्मासँग पर्वतका दक्षिणी २२ वटा गाविस र बाग्लुङका १० गाविसका वासिन्दाहरुलाई प्रत्यक्ष जोड्ने साथै आवतजावतमा सहज बनाउनेछ । कुल लागत २ करोड ५८ लाख रहेको झोलुङ्गे पुलको लम्वाई ३५९ मी र उचाई १५५ मी रहने ठेकेदार ओम गौचन बताउँछन् । यो पुलको निर्माण मुक्तिनाथ एण्ड गीता कन्ट्रक्सनले गर्दैछ । पुलको निर्माण कार्य डिप निर्माण, हावा लठ्ठाको काम लगायत सकिएको अवस्था छ भने निर्माणका आवश्यक सामाग्री जाली, नट, बल्टु लगायत ल्याई राखिएको ठेकेदारको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ