मलेसिया "/>
मलेसिया "/>
भदौ २१, काठमाडौं । मलेसिया सरकारले नेपाली सेक्युरिटी गार्डको एकाधिकार तोड्ने निर्णय गरेको छ ।
मलेसिया सरकारले मंगलबार नेपालबाहेक अन्य दुई देशबाट पनि सेक्यूरिटी गार्ड लिने घोषणा गरेको छ । मंगलबार त्यहाँका गृहमन्त्री शेर अहमद जाहिद हमिदीले राष्ट्रिय सुरक्षा उद्योगको बोर्ड बैठकमा अन्य देशबाट पनि सुरक्षा गार्ड ल्याउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लैजाने बताएका छन् ।
उनले थप दुई देशबाट सेक्युरिटी गार्ड ल्याउने बताए पनि कुन-कुन देशबाट ल्याउने भन्ने खुलाएका छैनन् । तर, यसको घोषणा चाँडै हुने बताइएको छ । थप सेक्युरिटी गार्ड ल्याउने देशहरुका लागि मापदण्ड बनाउने तयारी भइरहेको मलेसियन सरकारले बताएको छ ।
मलेसियाले अहिले नेपालबाट मात्रै सेक्युरिटी गार्ड लिँदै आइरहेको छ । नेपालीहरु सुरक्षामा अब्बल भएको भन्दै नेपालबाहेकका देशबाट मलेसियाले सुरक्षा गार्ड लिन बन्द गरेको थियो ।