२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीका मन्त्रीले पार्टीको निर्णय नमानेको भन्दै नेताहरु आक्रोशित

२०७९, १० असार शुक्रबार ०५:५३

असार ७, काठमाडौं | नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको निर्णय नमानेको भन्दै नेताहरु आक्रोशित भएका छन् । पार्टीको सचिवालय र स्थायी समिति बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपनि मन्त्रीहरु सरकारमा टाँसी रहेको भन्दै नेताहरुले दुःख व्यक्त गरेका हुन् । 

एकीकृत समाजवादीले झाक्री र प्रेम आलेसहित​ ५ मन्त्री हटायो, अब को-को बन्ने  भए​ नयाँ मन्त्री ? – Nepal's Leading News Portal 

‘पार्टीले गत वैशाख २२ गतेको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गर्यो । मन्त्रीहरुले बजेटमाथिको मन्त्रालयगत रुपमा जवाफ दिनुपर्ने भएकोले तत्काल रोकियो ।  मन्त्रीहरुले मन्त्रालयगत रुपमा जवाफ दिइसक्नुभयो’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने, ‘तर, अहिलेसम्म मन्त्रीहरुले पार्टीको निर्णय मान्नुभएको छैन । उल्टै सरकारमा टाँसिरहनुभएको छ ।’ प्रधानमन्त्रीले नयाँ मन्त्रीको सपथ नखुवाए पनि मन्त्रीहरुले पार्टीको निर्णय मान्नुपर्नेमा उल्टै उल्लंघन गर्ने काम भएको भन्दै भुसालले आक्रोश व्यक्त गरे । मन्त्री पदलाई स्थायी जागिर जस्तै ठानिएको भन्दै एकीकृत समाजवादीका नेताहरुले आक्रोश व्यक्त गरेका छन् । 

पार्टीका मन्त्रीहरूमा पदलोलुपता देखिएको भन्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पराजुली लेख्छन्– ‘म नै राज्य  हुँ भन्ने भनाई इतिहासमा फ्रान्सेली राजा लुई चौधौको सुनिन्थ्यो, तर  आजभोलि म नै मन्त्री ,मन्त्री नै म’  भन्ने भनाई पनि सुनिन थालियो ।  म के का लागि जन्मेको हो भने मन्त्री बन्नका लागि मात्र त्यो बाहेक मेरो केहि छैन ।’

कतिपय नेताहरुको सोच नै मन्त्री बन्ने र माफिया दलालको सेटिङमा काम गर्ने र पैसा कमाउने रहेको पराजुलीको भनाइ छ । रामकुमारी झाँक्रीलाई लक्षित गर्दै उनी प्रश्न सोध्छन्– ‘हिजो मुखमा लगाएको टेप खोली खोली स्टन्ट मारी मारी गरेको भाषण त केवल खोक्रोको आदर्श बाहेक के हुन सक्छ त कमरेड ?’ 

एकीकृत समाजवादीबाट मन्त्री भएका सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री किसान श्रेष्ठले सरकारबाट बाहिरिन सबैभन्दा बढी आनाकानी गरेको एक नेताले बताए । प्रेम आलेले आफू हटेपनि धनबहादुर बुढालाई मन्त्री बनाउनुपर्ने सर्त राखेका छन्, सहरी मन्त्री झा र श्रममन्त्री श्रेष्ठले आफूहरु मन्त्रीबाट कुनै हालतमा राजीनामा नदिने अडान लिएका छन् ।

मन्त्रीहरुले नै पार्टीको निर्णय मान्न आनाकानी गरेकाले मन्त्री हेरफेर हुन नसकेको हो । बरु उल्टै एकीकृत समाजवादीका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री पद जोगाइदिन भन्दै गुहार माग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही