2026-09-30 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यो सरकारलाई भोलि प्रश्नै गर्नु नपर्ने गरी काम गर्ने वातावरण बनाइयोस्: सांसद परियार

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाशचन्द्र परियारले लोकतन्त्रप्रति आफ्नो गहिरो दिलचस्पी, अनुराग र निष्ठा रहेको बताएका छन् । मंगलबार (जेठ ५) प्रतिनिधिसभा बैठकमा उनले यसप्रति सबैजना जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

“हामी लोकतन्त्रको अब्बल अभ्यासको विशिष्ट अवस्थामा छौँ । लोकतन्त्रप्रति मेरो साँच्चै गहिरो दिलचस्पी, अनुराग र निष्ठा छ,” उनले भने, “यो संसद् नेपाली जनताको सर्वोच्च जनप्रनिधिमूलक संस्था हो । जनताको आस्थाको पवित्र मन्दिर हो भन्नेमा अब दुई मत रहनै सक्दैन ।”

सत्तापक्ष तार्किक प्रश्नबाट नभाग्ने र लोकतन्त्र बलियो बनाउन प्रतिपक्षको पनि जिम्मेवार भूमिका आवश्यक हुने उनले बताए । “कतिपय विपक्षी दलका माननीयहरूले हामी सबैको आस्थाको धरोहर संसद्को मर्म, मर्यादा, सम्मान र यसको ऐतिहासिक विरासतविरुद्ध वर्तमान सरकार जान्छ कि भन्ने निराधार आशंकालाई अहिले म सकारात्मक खबरदारीकोे रूपमा बुझ्दछु,” उनले भने ।

उनले रचनात्मक हुन सरकार र प्रतिपक्षलाई अपिल पनि गरे । “मलाई थाहा छ, अस्तिलाई हिजोले प्रश्न गर्‍यो, हिजोलाई आजले प्रश्न गर्दै छ र आजलाई भोलिले प्रश्न गर्नेछ,” सांसद परियारले भने, “सरकारलाई रचनात्मक सुझाव दिन चाहन्छु र प्रतिपक्षलाई पनि आग्रह गर्दछु– यो सरकारलाई भोलि प्रश्नै गर्नु नपर्ने गरी काम गर्ने वातावरण बनाइयोस् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री