2026-10-20 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यो सरकारलाई भोलि प्रश्नै गर्नु नपर्ने गरी काम गर्ने वातावरण बनाइयोस्: सांसद परियार

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाशचन्द्र परियारले लोकतन्त्रप्रति आफ्नो गहिरो दिलचस्पी, अनुराग र निष्ठा रहेको बताएका छन् । मंगलबार (जेठ ५) प्रतिनिधिसभा बैठकमा उनले यसप्रति सबैजना जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

“हामी लोकतन्त्रको अब्बल अभ्यासको विशिष्ट अवस्थामा छौँ । लोकतन्त्रप्रति मेरो साँच्चै गहिरो दिलचस्पी, अनुराग र निष्ठा छ,” उनले भने, “यो संसद् नेपाली जनताको सर्वोच्च जनप्रनिधिमूलक संस्था हो । जनताको आस्थाको पवित्र मन्दिर हो भन्नेमा अब दुई मत रहनै सक्दैन ।”

सत्तापक्ष तार्किक प्रश्नबाट नभाग्ने र लोकतन्त्र बलियो बनाउन प्रतिपक्षको पनि जिम्मेवार भूमिका आवश्यक हुने उनले बताए । “कतिपय विपक्षी दलका माननीयहरूले हामी सबैको आस्थाको धरोहर संसद्को मर्म, मर्यादा, सम्मान र यसको ऐतिहासिक विरासतविरुद्ध वर्तमान सरकार जान्छ कि भन्ने निराधार आशंकालाई अहिले म सकारात्मक खबरदारीकोे रूपमा बुझ्दछु,” उनले भने ।

उनले रचनात्मक हुन सरकार र प्रतिपक्षलाई अपिल पनि गरे । “मलाई थाहा छ, अस्तिलाई हिजोले प्रश्न गर्‍यो, हिजोलाई आजले प्रश्न गर्दै छ र आजलाई भोलिले प्रश्न गर्नेछ,” सांसद परियारले भने, “सरकारलाई रचनात्मक सुझाव दिन चाहन्छु र प्रतिपक्षलाई पनि आग्रह गर्दछु– यो सरकारलाई भोलि प्रश्नै गर्नु नपर्ने गरी काम गर्ने वातावरण बनाइयोस् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ