१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ कसरी जोगिए ?

२० असार २०७९, सोमबार १०:०८

असार २०, काठमाडौं | जनता समाजवादी पार्टी (जसपा) बाट भएका चारजना मन्त्रीमध्ये तीन जनाले राजीनामा दिएका छन् । तर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले राजीनामा दिएनन् । उनी सामान्य प्रशासन मन्त्री कायम हुने भएका छन् । श्रेष्ठ कुनै समय वरिष्ठ नेता अशोक राई पक्षका नेताको रुपमा चिनिन्थे । तर, पछिल्लो समय श्रेष्ठ अध्यक्ष उपेन्द्र यादव निकट नेता भएकाले मन्त्री पद जोगिएको जसपा एक नेताले बताए ।

जसपामा पहाडी मुलको अर्को सांसद नभएकाले पनि श्रेष्ठको पद जोगिएको हुन सक्ने ती नेताको आकलन छ । पार्टीबाट समानुपातिक बनाउनुपर्छ भनेरै अध्यक्ष यादवले श्रेष्ठलाई यथावत राखेको हुनसक्ने बताइएको छ ।

उता अध्यक्ष यादवले वरिष्ठ नेता अशोक राईकी श्रीमतीलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए । अन्तमा गैर सांसदलाई मन्त्री बनाउन नहुने भन्दै पार्टीमा विरोध भएपछि रोकिएको छ । यदि राईकी श्रीमती सुशीला श्रेष्ठ मन्त्री भएको अवस्थामा राजेन्द्र श्रेष्ठले समेत राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने नेताको भनाई छ ।

अन्तमा राईकी श्रीमती मन्त्री नभएपछि मन्त्री श्रेष्ठको पद जोगिएको छ ।  श्रेष्ठको पद यथावत भएपछि कृषिमन्त्री महेन्द्र राय यादव, भौतिक मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ