साउन ३, काठमाडौँ | सरकारले ६८ वर्ष उमेर पुगेको नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया शुरू गरेको छ । चालु आर्थिक वर्षबाट वृद्धभत्ता पाउने उमेर घटाएर ६८ बनाइएको हो । यसअघि ७० वर्ष उमेर पूरा भएकाले मात्र वृद्धभत्ता पाउने गरेका थिए ।
गृहमन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै ६८ वर्ष उमेर पुगेका वृद्धवृद्धाको विवरण संकलन गर्न भनेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै पहिलोपटक भत्ता पाउन लागेका नागरिकको विवरण संकलन गर्न भनेको हो ।