१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री भएर आउँदा हाँसेर आएको थिए र जाने बेला अझ बढी हाँसेर जान्छु : मन्त्री चौधरी

३ श्रावण २०७९, मंगलवार ११:५५

साउन ३, काठमाडौँ | सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गर्नुभएको छ । आज मङ्गलवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्योभन्दा अझ बढी हाँसेर जाने बताउनुभएको हो । 

बैठकमा सांसदहरूले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाइ हुँदा रोएकोतर्फ सङ्केत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिनुभएको थियो । त्यसको जवाफ दिने क्रममा उहाँले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताउनुभयो । 

मन्त्री चौधरीले मन्त्रीको रूपमा आफू सधैँ नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो, ‘माननीयज्यूहरूले शुभकामना दिने बेलामा धेरै महत्त्वपूर्ण सुझावहरू दिनुभएको छ । आउँदा खुसी भएर आउने, जाने बेला रुने भनेर पनि भन्नुभएको छ । म मन्त्री सधैँभरि रही रहदिनँ । म आउँदा जति हाँसेकाे छु जाँदा त्याेभन्दा बढी हाँसेर जान्छु ।’

मन्त्री चौधरीले सरकारले एक हप्ताभित्र ‘सहरी विकाससम्बन्धी नीति’ सार्वजनिक गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । विगत १५ वर्षदेखि ल्याउने भनिएको त्याे नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अब सार्वजनिक गर्ने उहाँको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु