नरी बडु । भदौ २५, बैतडी | बैतडीमा बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागु हुने भएको छ । प्राकृतिक विपदबाट जोखिममा रहेका विद्यालयमा अध्ययनरथ विद्यार्थिहरुलाई जोखिम सम्बन्धि जानकारी गराउने र जोखिम नहुने विद्यालयको संरचना बनाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु । भदौ २५, बैतडी | बैतडीमा बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागु हुने भएको छ । प्राकृतिक विपदबाट जोखिममा रहेका विद्यालयमा अध्ययनरथ विद्यार्थिहरुलाई जोखिम सम्बन्धि जानकारी गराउने र जोखिम नहुने विद्यालयको संरचना बनाउन"/>
२०८२, २८ चैत्र शनिबार
अर्थ/विकास

बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागु हुने

२०७३, २५ भाद्र शनिबार १६:२९

नरी बडु । भदौ २५, बैतडी | बैतडीमा बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागु हुने भएको छ । प्राकृतिक विपदबाट जोखिममा रहेका विद्यालयमा अध्ययनरथ विद्यार्थिहरुलाई जोखिम सम्बन्धि जानकारी गराउने र जोखिम नहुने विद्यालयको संरचना बनाउनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम लागु हुन लागेको हो ।

युनिसेफ नेपालको आर्थिक र एनसेट नेपालको प्राविधिक सहयोगमा जिल्ला शिक्षा कार्यालय र नेपाल रेडक्रस सोसाईटी शाखा लगायत विपदको क्षेत्रमा काम गर्ने निकाय संगको सहकार्यमा कार्यक्रम संचालन हुने छ । 

कार्यक्रम संचालनका लागि बैतडीका थलाकांडा, तल्लादेही, विशालपूर र गुरुखोला गरि ४ गाविस छनौंट गरिएका छन् ।  जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको अध्यक्षतामा सम्पन्न सरोकारवाला निकायको बैठकले उक्त गाविस छनौंट गरेको हो । 

छनौट भएको गाविसमा जिर्ण अवस्थामा रहेका विद्यालय छनौट गरि विद्यालयमा आउने हरेक विपदको समाधान गर्नको लागि सुरक्षित विद्यालय, विपद पुर्व तयारीका योजना र यसको कार्यान्वयन लगायतका कार्य गरिने प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।

थलाकांडा, तल्लादेही, विशालपूर गाविसमा प्रति गाविस ८ का दरले २४ विद्यालयमा कार्यक्रम लागु हुने छ भने गुरुखोला गाविसका ६ विद्यालय कार्यक्रम संचालनका लागि छनौंट हुने छन् । दशरथ चन्द नगरपालिका र पाटन नगरपालिकावाट केहि विद्यालयमा पनि नमूना विद्यालय छनौंट गरिने छ । समय–समयमा आईपर्ने विपत बाट बच्न सकिने उपायहरुको बारेमा विद्यालयमा जानकारी गराईने छ । 

विद्यालयमा आईपर्ने विभिन्न जोखिमहरु बाट वच्नका लागि शिक्षकहरुलाई तालिम प्रदान गरिने छ । विद्यालयमा रहेका भवनहरुलाई भुकम्प प्रतिरोधि बनाईने, भूकम्प, बाढी, पहिरो, चट्याङ आदिबाट हुनसक्ने सम्भावित जनधनको क्षतिबाट जोगाउन सक्षम बिद्यालय निर्माणका लागि उक्त कार्यक्रम प्रभावकारी हुने स्थानीयको विश्वास छ । 

नेपाल जस्तो प्राकृतिक प्रकोपबाट पिडित आर्थिक रुपमा बिपन्नता भएको मुलुकले प्राथमिकता दिनुपर्ने प्रमुख क्षेत्र नै शिक्षा भएकोले शैक्षिक बातावरण तयार गर्नु पहिलो प्राथमिकता भएको स्थानीय सरोकारवालाहरुको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से