नरी बडु । भदौ २५, बैतडी | बैतडीमा बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागु हुने भएको छ । प्राकृतिक विपदबाट जोखिममा रहेका विद्यालयमा अध्ययनरथ विद्यार्थिहरुलाई जोखिम सम्बन्धि जानकारी गराउने र जोखिम नहुने विद्यालयको संरचना बनाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु । भदौ २५, बैतडी | बैतडीमा बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागु हुने भएको छ । प्राकृतिक विपदबाट जोखिममा रहेका विद्यालयमा अध्ययनरथ विद्यार्थिहरुलाई जोखिम सम्बन्धि जानकारी गराउने र जोखिम नहुने विद्यालयको संरचना बनाउन"/>
२८ मंसिर २०८२, शनिबार
अर्थ/विकास

बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागु हुने

२५ भाद्र २०७३, शनिबार १६:२९

नरी बडु । भदौ २५, बैतडी | बैतडीमा बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम लागु हुने भएको छ । प्राकृतिक विपदबाट जोखिममा रहेका विद्यालयमा अध्ययनरथ विद्यार्थिहरुलाई जोखिम सम्बन्धि जानकारी गराउने र जोखिम नहुने विद्यालयको संरचना बनाउनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम लागु हुन लागेको हो ।

युनिसेफ नेपालको आर्थिक र एनसेट नेपालको प्राविधिक सहयोगमा जिल्ला शिक्षा कार्यालय र नेपाल रेडक्रस सोसाईटी शाखा लगायत विपदको क्षेत्रमा काम गर्ने निकाय संगको सहकार्यमा कार्यक्रम संचालन हुने छ । 

कार्यक्रम संचालनका लागि बैतडीका थलाकांडा, तल्लादेही, विशालपूर र गुरुखोला गरि ४ गाविस छनौंट गरिएका छन् ।  जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको अध्यक्षतामा सम्पन्न सरोकारवाला निकायको बैठकले उक्त गाविस छनौंट गरेको हो । 

छनौट भएको गाविसमा जिर्ण अवस्थामा रहेका विद्यालय छनौट गरि विद्यालयमा आउने हरेक विपदको समाधान गर्नको लागि सुरक्षित विद्यालय, विपद पुर्व तयारीका योजना र यसको कार्यान्वयन लगायतका कार्य गरिने प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।

थलाकांडा, तल्लादेही, विशालपूर गाविसमा प्रति गाविस ८ का दरले २४ विद्यालयमा कार्यक्रम लागु हुने छ भने गुरुखोला गाविसका ६ विद्यालय कार्यक्रम संचालनका लागि छनौंट हुने छन् । दशरथ चन्द नगरपालिका र पाटन नगरपालिकावाट केहि विद्यालयमा पनि नमूना विद्यालय छनौंट गरिने छ । समय–समयमा आईपर्ने विपत बाट बच्न सकिने उपायहरुको बारेमा विद्यालयमा जानकारी गराईने छ । 

विद्यालयमा आईपर्ने विभिन्न जोखिमहरु बाट वच्नका लागि शिक्षकहरुलाई तालिम प्रदान गरिने छ । विद्यालयमा रहेका भवनहरुलाई भुकम्प प्रतिरोधि बनाईने, भूकम्प, बाढी, पहिरो, चट्याङ आदिबाट हुनसक्ने सम्भावित जनधनको क्षतिबाट जोगाउन सक्षम बिद्यालय निर्माणका लागि उक्त कार्यक्रम प्रभावकारी हुने स्थानीयको विश्वास छ । 

नेपाल जस्तो प्राकृतिक प्रकोपबाट पिडित आर्थिक रुपमा बिपन्नता भएको मुलुकले प्राथमिकता दिनुपर्ने प्रमुख क्षेत्र नै शिक्षा भएकोले शैक्षिक बातावरण तयार गर्नु पहिलो प्राथमिकता भएको स्थानीय सरोकारवालाहरुको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ